Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेपालबाट भारतमा इन्धन भर्न जाने गाडी नियन्त्रण गर्न पेट्रोलियम व्यवसायीको माग

Author Avatar साझा न्यूज 19th October 2023 , 6:48 PM
नेपालबाट भारतमा इन्धन भर्न जाने गाडी नियन्त्रण गर्न पेट्रोलियम व्यवसायीको माग

सुकई कोहार
लुम्बिनी, कात्तिक २ गते । पेट्रोलियम पदार्थको मूल्य समायोजन हुंदा नेपालमा भन्दा भारतमा इन्धनको मूल्य सस्तो भएपछि नेपालबाट भारतमा तेल भर्न जाने गाडी नियन्त्रणमा ल्याउन पेट्रोलियम व्यवसायीले सरकारसंग माग गर्नुभएको छ ।
सामान लिन जाने बहाना बनाएर सीमा पारी भारत गएर गाडीमा तेल भरेर ल्याउने गलत कृयाकलाप रोकेर नेपाली व्यवसायीलाई सहयोग पुराउन पेट्रोलियम व्यवसायीहरुले सरकार र सरोकारवाला निकाय सङ्ग आग्रह गर्नुभएको हो ।
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन बुटवल, रुपन्देहीले बिजया दशमी, दीपावली, छठ र नेपाल सम्वतको अवसरमा आयोजित शुभकामना, रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्ने व्यवसायीहरुले कोहि कसैले नियतबस गल्ती गरेमा तेस्ता ब्यवसायीलाई कार्बाही गर्न प्रहरी प्रशासनलाई सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले व्यवसायी, कर्मचारी लगायत कसैलाइ पनि गलत काम गर्ने छुट नभएको बताए । उनले सेवाग्राही तथा आम जनताको हितमा सेवा प्रवाह गर्न सबैलाइ आग्रह गर्दै समाजका हरेक क्षेत्रका बेथिति रोक्न सबैको साथ सहयोग आवश्यक पर्ने बताउनुभयो ।
पेट्रोलियम डिलर्स एशोसिएशन लुम्बिनी प्रदेश संयोजक प्रेम न्यौपानेले पेट्रोलियम व्यवसायीले आयल निगमले दिएको तेल सहज रुपमा ग्राहक उपभोक्तालाइ उपलब्ध गराएको भन्ंदै उपभोक्तामुखि भएर ब्यवसायीले सेवा प्रवाह गरेको बताउनुभयो । उनले कुनैपनि पेट्रोलियम व्यवसायीले तेलमा चुहावट नगरेको बताउंदै व्यवसायीले चुहावट गर्नै नसक्ने दावी गर्नुभयो ।
नेपाल आयल निगम प्रदेश कार्यालय भलवारीका प्रमुख इन्जिनियर जगदिशचन्द्र यादवले यस क्षेत्रमा अहिले तेलको कुनै समस्या नभएको बताउनुभयो ।
रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरत विकले तेलमा हुने मिसावट र सीमा पारीबाट हुने आयात रोक्न सुरक्षाकर्मीको एकल प्रयासले मात्र सम्भव नभएकाले सबैको सहयोग आवश्यक पर्ने बताउनुभयो । उहाँले मिसावट र सीमा पारीबाट हुने आयात रोक्न आयल निगमले नेतृत्व गर्नुपर्ने र त्यसका लागि प्रहरी प्रशासनले सुरक्षा दिने प्रतिवद्धता जनाउनुभयो ।
पेट्रोलियम डिलर्स एशोसिएशन बुटवलका अध्यक्ष हिमाल गैरेले आफुहरुले उपभोक्तामुखि भएर तेल विक्री वितरण गरेको बताउंदै माग अनुसार तेल उपलब्ध गराउन नेपाल आयल निगमसंग माग गर्नुभयो ।
कार्यक्रममा पश्चिमाञ्चल, ट्याङकर व्यवसायी महासंघका महासचिव भुपेन्द्र अर्याल, नापतौल तथा गुणस्तर कार्यालय प्रदेश प्रमुख शम्भुकुमार झा, प्रेस सल्लाहाकार खिमानन्द भट्टराई लगायतले आआफ्ना भनाइ राख्नु भएको थियो ।
पेट्रोलियम डिलर्स एशोसिएशन बुटवलका अध्यक्ष हिमाल गैरेको अध्यक्षता र महासचिव हरिराम कसौधनको सञ्चालनमा कार्यक्रम भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नवनिर्वाचित सभापति गगन थापाको आज दिउँसो २ बजे शपथ

नवनिर्वाचित सभापति गगन थापाको आज दिउँसो २ बजे शपथ

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

मतदाता नामावली अद्यावधिक: एक लाख ८७ हजार मतदाता थपिए

मतदाता नामावली अद्यावधिक: एक लाख ८७ हजार मतदाता थपिए

आईसीसीको एशिया सम्मेलन नेपालमा हुने

आईसीसीको एशिया सम्मेलन नेपालमा हुने

तातोपानी नाका तीन दिन खुल्ने

तातोपानी नाका तीन दिन खुल्ने

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

भर्खरै प्रकाशित

नवनिर्वाचित सभापति गगन थापाको आज दिउँसो २ बजे शपथ

नवनिर्वाचित सभापति गगन थापाको आज दिउँसो २ बजे शपथ

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

मतदाता नामावली अद्यावधिक: एक लाख ८७ हजार मतदाता थपिए

मतदाता नामावली अद्यावधिक: एक लाख ८७ हजार मतदाता थपिए

आईसीसीको एशिया सम्मेलन नेपालमा हुने

आईसीसीको एशिया सम्मेलन नेपालमा हुने

तातोपानी नाका तीन दिन खुल्ने

तातोपानी नाका तीन दिन खुल्ने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज