साझा न्यूज । कृष्णनगर
प्रहरीले मानव वेचविखन तथा ओसारपोसर कार्यमा संलग्न रहेको आरोपमा एक जनालाई नेपाल भारत सीमा नाकाको कृष्णनगरबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार नुवाकोट जिल्ला दुप्चेश्वर गाउंपालिका वडा नं. ७ बस्ने २५ वर्षीय शिशिर तामा∙लाई पक्राउ गरिएको हो ।
पक्राउ परेका शिशिरले काठमाण्डौंबाट विभिन्न प्रलोभनमा पारी झुक्याएर वेचविखन तथा ओसारपोसार गर्ने उद्देश्यले एक महिलालाई नेपाल तर्फको कृष्णनगर सीमा नाकाबाट भारत तर्फ लैजान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी निरिक्षक माधव विश्वकर्माले बताए ।
प्रहरीले जिल्ला अदालतबाट थप अनुसन्धानका लागि उनलाई ७ दिनको म्याद थप गराई ईलाका प्रहरी कार्यालय कृष्णनगरको हिरासतमा राखेको छ ।
















































