साझा न्यूज । तौलिहवा
कपिलवस्तु नगरपालिका र वडा कार्यालयहरुमा आफु खुशी गरिदै आएको खरिद कार्य नियन्त्रण गर्न उपप्रमुख सुनिता गुप्ताले प्रमुख प्रशासकीय अधिकृतलाई लिखित रुपमा सुझाव तथा निर्देशन दिएकी छिन् ।
उप प्रमुख गुप्ताले नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयका लागि आवश्यक पर्ने सम्पूर्ण खालका भौतिक सामाग्रीहरु र तालिम लगायत सामाजिक विकासका सीपमूलक कार्यक्रमहरु संचालनका लागि खरिद सूचना प्रकाशन गरी कोटेशन तथा टेण्डर प्रक्रियाबाट घटी घटाउ दर रेटमा खरिद गर्ने व्यवस्था मिलाउनका लागि निर्देशन दिएकी हुन् ।
कार्यालयका फांट प्रमुख तथा वडा अध्यक्षले एकलौटी ढंगबाट कार्यालयका लागि विनियोजित बजेटबाट मनोमानी रुपमा सामान खरिद गर्दै आएका थिए । उप प्रमुख गुप्ताको यस्तो लिखित निर्देशन पछि प्रमुख प्रशासकीय अधि कृतले आफुले घटी घटाउ प्रक्रियाबाटै मालसामान खरिद गर्ने व्यवस्था मिलाउने आश्वासान दिएको उपप्रमुख सुनिता गुप्ताले बताईन् ।
उपप्रमुख गुप्ताले दिएको निर्देशन अनुसार खरिद कार्य गरिएमा नगरपालिकाका फांट प्रमुख र वडा अध्यक्षहरुले गर्ने विभिन्न सामान खरिद घटीघटाउबाट भई नगरपालिकाको लाखौं रुपैया बचत हुने देखिन्छ ।
यस अघि सम्म कार्यालयले भुक्तानी गरेका विभिन्न खरिद कार्यमा लाखौं रुपैयाको चलखेल हुदै आए पनि अब भने घटी घटाउ दररेटमा खरिद गरिने भए पछि कार्यालयमा ठुलै तरंग पैदा भएको छ ।
यस अघि उपप्रमुख सुनिता गुप्ताको पहलमा नगरपालिका क्षेत्रमा वितरण गरिने रसायनिक मलको जथाभावी दररेटलाई अन्य गरी सहुलियत दर रेट कायम गरिएको छ । उपप्रमुख गुप्ता विभिन्न वडाहरुमा गई मलखाद वितरण गर्ने सहकारी संस्थाको कार्य शैलीको अनुगमन समेत गरकी थिईन् ।
हेर्नुहाेस् पत्र……………………

















































