Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मायादेवी सुत्केरी मार्गको प्रवर्द्धन गरिँदै

Author Avatar साझा न्यूज 16th December 2024 , 7:26 PM
मायादेवी सुत्केरी मार्गको प्रवर्द्धन गरिँदै

आजभन्दा ई.पू.६२३ वर्ष अघि लुम्बिनीको पवित्र उद्यानमा वैशाख पूर्णिमाको दिन सिद्धार्थ गौतमको जन्म भएपश्चात् माता मायादेवीसहित नवजात सिद्धार्थलाई कपिलवस्तु घर फिर्ता लगेको मार्ग मायादेवी सुत्केरी मार्गको प्रवर्द्धन अभियान सुरु गरिएको छ ।

प्रवर्द्धन एवम् प्रचारका लागि दुईपाङ्ग्रे क्विन राइडरका १० युवतीले अभियान सुरु गरेका छन् । उनीहरुले काठमाडौंबाट भैरहवा लुम्बिनी हुँदै मायादेवी सुत्केरी मार्गबाट कपिलवस्तु दरबार पुगेर यात्रा टुङ्ग्याएका छन् ।

तत्कालीन समयमा सुत्केरी हुन माइती जाने प्रचलन थियो । सो क्रममा माता मायादेवी कपिलवस्तुबाट आफ्नो माइती देवदह जाने क्रममा लुम्बिनीमा विश्राम गर्न बस्दा त्यही प्रसव भएको थियो । तत्पश्चात् नवजात बालक (सिद्धार्थ) लाई त्यहीँको कुण्डमा स्नान गराई माइती देवदह नगई पुनः कपिलवस्तु फिर्ता गएको मार्ग नै मायादेवी सुत्केरी मार्ग हो । मायादेवी सुत्केरी भएपछि घर फिर्ता गएको मार्गको अध्ययन एवम् सोधखोज गरी बनाइएको मार्ग नै मायादेवी सुत्केरी मार्ग हो र पहिलो चोटी यो मार्गको सोधखोज गरी नामाकङ्न गर्ने संस्था बुद्धिष्ट सर्किट्स डटकम हो ।

बुद्धिस्ट सर्किट्स डटकमका संस्थापक एवम् मायादेवी सुत्केरी मार्गको खोजकर्ता विक्रम पाँडेकाजीले यो मार्गको प्रवर्द्धनका लागि अहिले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा रहेका युवतीहरुको संस्था दुईपाङ्ग्रे क्विन राइडरको सहकार्यमा यो कार्यक्रम गरिएको बताउनुभयो ।

मायादेवी सुत्केरी मार्गमा नै नेपाली किशोरीहरु, नेपाल आमाका छोरीहरुले मोटर बाइक टूर गर्ने, हेर्ने अनि आध्यामिकता अनुभव गर्ने र माता मायादेवीलाई श्रद्धाञ्जली दिने र भगवान बुद्धलाई स्वागत गर्ने, नवजात बुद्धलाई स्वागत गर्ने उद्देश्य लिएर दुईपाङ्ग्रे क्वीनहरु प्रचारात्मक अभियानमा आएको र यो मार्गलाई विश्वभर प्रचार ल्याउँदै यो क्षेत्रमा पर्यटन गतिविधि बढाएर, पर्यटकहरु ल्याएर पर्यटकमार्फत अर्थतन्त्रको विकास गरेर यो क्षेत्रका बासिन्दाहरुको आर्थिक स्तर उकास्ने लक्ष्य रहेको बताउनुभयो । संसारमा ५० करोड बुद्धिष्ट छोरीहरु रहेको र उहाँहरुलाई आकर्षित गर्न सुरुवाती दिनमा यो रुटलाई मातामायादेवी सुत्केरी मार्ग भनी प्रचार गरेको पाँडेकाजीले जानकारी दिनुभयो ।

लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानेन्द्र राईले मायादेवी सुत्केरी मार्गको सुरुवात नै बुद्धिस्ट सर्किट डटकमले गरेको र अहिले विभिन्न संस्थाले प्रचारात्मक अभियान गरेको बताउनुभयो । उहाँले पछिल्लो समय लुम्बिनी विकास कोषसँगै युएनडिपी, युनिसेफ लगायतका विश्वस्तरका संस्थाको पनि ध्यान आकृष्ट भई विभिन्न कार्यक्रम सञ्चालन भएको बताउनुहुँदै दुई पाङ्ग्रे क्विन राइडरहरुले प्रचार अभियानले थप टेवा पुग्ने उहाँको विश्वास छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

भर्खरै प्रकाशित

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज