सुग्रिव बरई
साझा न्यूज । तौलिहवा, पुस ६ गते
नेपाल पत्रकार महासंघ कपिलबस्तु शाखामा नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । नेपाल पत्रकार महासंघ जिल्ला निर्वाचन समिति कपिलबस्तु शाखाको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।
सो अवसरमा बोल्दै पत्रकार महासंघका संस्थापक अध्यक्ष नारायण प्रसाद पौडेलले महासंघको गरिमा रहने गरी नवनिर्वाचित समितिले कार्य गर्नु पर्ने सुझाव दिएका थिए । उहाँले पत्रकारीता बाटै नै जिवन निर्वाह गर्न सकिने बताउनुभयो । आजको नया युवमा प्राविधिको भरपुर उपयोग गरी कार्य गर्न सकिने उहाँको भनाई छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष बसन्त गिरीले नवनिर्वाचित कार्य समितिले पेशागत हाकहितका लागि कार्य गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष डिलाराम भुसालले सबैको साथ र सहयोगले कार्य गर्ने बताउनुभयो । उहाँले अगामी दिनमा महासंघले कार्य योजना बनाएर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
कार्यक्रममा निर्वतमन अध्यक्ष किरणमान बज्राचार्य, मनोज श्रीवास्तव लगायतले शुभकामना मन्तव्य दिएका थिए । निर्वाचन समितिका संयोजक सरोज खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शम्भु शैनीले गर्नु भएको थियो ।

















































