साझा न्यूज । तौलिहवा
साल्ट ट्रेडिंग कर्पोरेशन उपशाखा कृष्णनगरको सहयोगमा गौतम बुद्ध आधारभूत विद्यालय कपिलवस्तु नगरपालिका वडा नं. २ वर्दहवाका २० जना विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको छ ।
विद्यालयका बाल विकास कक्षा देखि कक्षा ४ सम्मका २५ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई व्याग वितरण गरिएको हो । यसै गरी सो विद्यालयका ८ जना शिक्षिकाहरुलाई सपिंग व्याग र व्यवस्थापन समितिका अध्यक्ष र वरिष्ठ सल्लाहकारलाई आयो नुनको लोगो अंकित टिसर्ट वितरण गरिएको छ ।
साल्ट ट्रेडिंग कर्पोरेशनकाे पफेब्रुअरी महिना अायाेडिन महिना २०२५ भन्ने नारा सहित विद्यार्थीहरूलाइ व्याग वितरण गरिएकाे हाे ।साल्ट ट्रेडिंग कर्पोरेशन उपशाखा कृष्णनगरका प्रतिनिधी विजय कुमार अर्यालले सो व्याग वितरण गरेका हुन् ।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुख्तार अहमद खां, विद्यालयकी प्रधानाध्यापक सुजता सुवाल, विद्यालयका वरिष्ठ सल्लाहकार सुरेन्द्र राज लम्साल लगायतले साल्ट ट्रेडिंग कर्पोरेशनका प्रतिनिधी विजय अर्याल र साल्ट ट्रेडिंग कर्पोरेशन उपशाखा कार्यालयलाई विशेष आभार प्रदान गरेका छन् ।

विद्यार्थीहरु तथा शिक्षकहरुलाई व्याग वितरण गरी हौसला बढाए संगै विद्यालयका शिक्षक तथा विद्यार्थीहरु आफ्ना पठन पाठन प्रति थप प्रोत्साहित हुने आफुहरुले अपेक्षा गरेको साल्ट ट्रेडिंग कर्पोरेशनका प्रतिनिधी विजय अर्यालले बताए ।
विभिन्न दाताहरूबाट यसरी विद्यार्थीहरूलाइ हुने सहयाेगबाट विद्यार्थीहरूकाे मनाेभावना उच्च हुने, उत्साहित हुने र सिकाइ उपलब्धी समेत बढ्रने विद्यालयकी प्रधानाध्यापक सुजता सुवालले बताइन् ।
















































