Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

ऐतिहासिक मूलढोकाको निर्माण कार्य रोकियो

Author Avatar साझा न्यूज 2nd March 2025 , 3:56 PM
ऐतिहासिक मूलढोकाको निर्माण कार्य रोकियो

तानसेन, फागुन १८ गते । तानसेनको शीतलपाटीमा रहेको ऐतिहासिक मूलढोकाको निर्माण कार्य रोकिएको छ । बजेटको कारण देखाउँदै ऐतिहासिक एवं पर्यटकीय स्थल पाल्पा दरबार परिसरको मूल ढोकाको निर्माण कार्य रोखिएको हो ।

पुरातत्व विभागले मूल ढोका जीर्ण भएको भन्दै दुई वर्षअघि निर्माणको काम सुरु गरेको थियो । विभागले जीर्ण मूल ढोकाको पुनर्निर्माण गर्न एनपिएस कन्ट्रक्सन भक्तपुरसँग ८१ लाख ९५ हजार रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । उक्त सम्झौतामा उल्लेख भएअनुसार ठेकेदारले काम सकेको जनाएको छ । तर मूल ढोकाको निर्माण भने पूरा नभई रोखिएको हो । हाल मूल ढोका निर्माण गर्न वजेट नहुँदा काम अगाडि बढ्न नसकेको विभागको भनाइ छ ।

ठेकेदारले हालसम्म ४६ लाख रुपियाँ मात्र भुक्तानी पाएको र अझै ३५ लाख भुक्तानी पाउन बाँकी रहेको पुरातत्व विभागका सम्पदा शाखाका प्रमुख रमेशराज पौडेलले जानकारी दिनुभयो । विभागसँग बजेट नहुँदा मूल ढोकाको निर्माण कार्य अवरुद्ध भएको उहाँले बताउनुभयो । दुई वर्षअघिको काम सकिएको र पूरै काम गर्न वजेट नहुँदा समस्या भएको उहाँले बताउनुभयो । अब अर्को वर्ष मूल ढोकाको सबै काम गर्ने गरी वजेटको व्यवस्था गरिने शाखा प्रमुख पौडेलले बताउनुभयो ।

मूल ढोकाको जग उठाएर ढोकाको दुई भागको पर्खाल उठाइसकिएको छ । अब छाना छाउन, ढोका राख्न र शृङ्गारको काम बाँकी रहेको पुरातत्व विभागले जनाएको छ । मूल ढोकाको बाँकी काम गर्न थप ५० लाख बढी वजेटको व्यवस्था गर्नुपर्ने छ ।

मूल ढोका समयमै सम्पन्न नहुँदा यसबारे नकारात्मक सन्देश फैलिएको स्थानीय बासिन्दा बताउँछन् । पाल्पाको ऐतिहासिक मूल ढोका समयमै सम्पन्न नगरी त्यसै छाड्दा मूल ढोकाको अवलोकनका लागि पाल्पा आएका स्वदेशी तथा विदेशी पर्यटकमा नकारात्मक सन्देश प्रवाह भएको स्थानीय बासिन्दा बालमप्रसाद बैँजुले बताउनुभयो । मूल ढोका बनाउने काम सुरु गरेपछि समयमै सम्पन्न गर्नमा सम्बन्धित निकायले ध्यान दिन नसकेको उहाँले बताउनुभयो ।

तत्कालीन प्रधानमन्त्री जङ्बहादुर राणाका भाइ बद्रीनरसिंह कुँवर तानसेनमा तैनाथ रहँदा वि.स. १९११ देखि १९३० मा मूल ढोका निर्माण गर्न लगाएका थिए । सोही बेला बनेको ऐतिहासिक पाल्पा दरबार परिसरको जीर्ण मूल ढोका बनाउने कार्य भए पनि हाल निर्माणमा अवरोध आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

भर्खरै प्रकाशित

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज