Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

म्यानमारका राजदूत र लुम्बिनीका मुख्यमन्त्रीबीच भेट

Author Avatar साझा न्यूज 5th March 2025 , 7:07 PM
म्यानमारका राजदूत र लुम्बिनीका मुख्यमन्त्रीबीच भेट

काठमाडौँ । नेपालका लागि म्यानमारका राजदूत उ म्यो म्यिन्ट माउङले बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग भेट गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी)मा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने, आपसी सहयोग आदानप्रदान गर्ने तथा सहकार्यलाई विस्तार गर्ने विषयमा छलफल भएको थियो ।

मुख्यमन्त्री आचार्यले नेपाल-म्यान्मार विकास साझेदारीलाई अझ मजबुत बनाउँदै दातृ निकायहरूसँग सहकार्य गरेर प्रदेशलाई समृद्ध बनाउन पहल भइरहेको बताए । साथै, लुम्बिनी प्रदेशमा कृषि, पर्यटन, मौलिक कला तथा संस्कृतिको समृद्धि रहेको र यी क्षेत्रहरूको प्रवर्द्धन तथा विकासका लागि म्यानमार सरकार तथा सम्बन्धित साझेदारहरूसँग सहकार्य गर्ने अपेक्षा रहेको उल्लेख गरे ।

मुख्यमन्त्री आचार्यले नेपाल र म्यान्मारबीच ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा व्यापारिक सम्बन्ध रहेको बताउँदै म्यानमार सरकारले लुम्बिनीमा चैत्य निर्माण गरी यहाँको विकासमा पुर्‍याएको योगदानप्रति आभार व्यक्त गरे ।‘नेपाल र म्यान्मारबीच धेरै आर्थिक, सामाजिक तथा सांस्कृतिक समानताहरू रहेका छन्, जसका आधारमा दुवै देशबीच विभिन्न क्षेत्रहरूमा सहकार्यलाई प्रवर्द्धन गर्न सकिन्छ’उनले भने,‘विशेष गरी, म्यानमारका बौद्ध धर्मावलम्बीहरूलाई लुम्बिनीमा सहज रूपमा आउन प्रेरित गर्न तथा दुवै देशबीच व्यापार र आर्थिक गतिविधि वृद्धि गर्न हवाई सम्पर्क स्थापना गर्नु आवश्यक छ ।’

नेपाल र म्यान्मारबीच १९६० को मार्च १९ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएपछि दुवै मुलुकबीच आपसी मित्रता र सहकार्य निरन्तर सुदृढ हुँदै आएको छ । बौद्ध धर्मावलम्बी बहुल राष्ट्र म्यानमार र गौतम बुद्धको जन्मस्थल नेपालबीच धार्मिक, सांस्कृतिक तथा व्यापारिक सम्बन्ध गहिरो रहेको छ ।

भेटमा कृषि, खाद्य सुरक्षा, पर्यटन र सांस्कृतिक क्षेत्रमा आपसी सहयोग विस्तार गर्ने पर्याप्त अवसरहरू रहेको विषयमा छलफल भएको थियो । मुख्यमन्त्री आचार्यले कृषि तथा पर्यटन क्षेत्रमा अध्ययन र अनुसन्धान साझा गर्दै दुवै देशलाई लाभान्वित गर्न सकिने बताए ।

राजदूत उ म्यो म्यिन्ट माउङले नेपाल र म्यानमार सांस्कृतिक तथा धार्मिक सम्बन्धले जोडिएको बताउँदै यो सम्बन्धलाई जनस्तरमा विस्तार गर्न सकिने उल्लेख गरे । उनले गौतम बुद्धको जन्मस्थल लुम्बिनीले नेपाल-म्यानमार सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे । साथै, म्यानमार सरकार लुम्बिनी प्रदेश सरकारसँग साझेदारी गर्न इच्छुक रहेको जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

भर्खरै प्रकाशित

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज