Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पुनर्निर्माणको प्रतीक्षामा टिक्कर–बिजगौरी सडक

Author Avatar साझा न्यूज 23rd March 2025 , 1:18 PM
पुनर्निर्माणको प्रतीक्षामा टिक्कर–बिजगौरी सडक

कपिलवस्तु, चैत १० गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिकालाई जिल्ला सदरमुकाम तौलिहवासँग जोड्ने टिक्कर बुड्ढी–बिजगौरी सडकखण्ड जीर्ण भएको छ ।

सडकखण्ड पुनर्निर्माण नहुँदा स्थानीय सास्ती खेप्न बाध्य छन् । करिब दुई दशकअघि १० करोड रुपियाँ लागतमा निर्माण गरिएको करिब २२ किलोमिटर लामो सडक बिग्रिएर खाल्डाखुल्डीले भरिएको छ ।

ठाउँ ठाउँमा कालोपत्रै उप्किँदा दुर्घटनाको जोखिमसमेत बढ्दै गएको छ ।  बुद्धभूमि नगरपालिकाले पछिल्ला तीन वर्षमा ३.८ किलोमिटर मात्र सडक पिच गरेको छ । वडा नम्बर १ को टिक्कर क्षेत्रको नौ मिटर फराकिलो सडक असफाल्ट प्रविधिबाट स्तरोन्नति गरिए पनि बाँकी खण्ड उपेक्षित बनेको स्थानीयको गुनासो छ ।

वडा नम्बर ३, घनचौरा हुँदै बुड्ढी–हनुमान चोक भएर तौलिहवा जाने सडकका बिच बिचमा गहिरा खाल्डा परेका छन् । जसका कारण साना सवारीसाधन चलाउन कठिन भएको छ । वर्षायाममा खाल्टोमा पानी भरिने र सडक हिलाम्मे हुने समस्या भएको स्थानीय समाजसेवी मीनराज बेलबासेले बताउनुभयो  ।

बेलबासेले भन्नुभयो, “यो सडकमा बल्लतल्ल हिँड्न सक्ने अवस्था छ । हामीले पटक पटक नगरपालिकालाई अनुरोध गरेका छौँ तर सुनुवाइ भएको छैन । बिरामी बोकेर हिँड्न, सामग्री ढुवानी गर्न सकस परेको छ ।” स्थानीयले समेत मोटरसाइकल र साइकलमा यात्रा गर्दा सडकबाट उडेको धुलोले निकै समस्या बनाएको बताउँछन् । सडक जीर्ण हुँदा व्यापारमा समेत असर परेको स्थानीय व्यापारीको गुनासो छ ।

सडक निर्माणमा नगरपालिकाले हालसम्म १० करोड ५६ लाख रुपियाँ लगानी गरिसकेको छ । चालु आर्थिक वर्षमा थप तीन करोड ५० लाख रुपियाँ विनियोजन गरेको छ ।

बुद्धभूमि–४ का वडाध्यक्ष सुशीलकुमार चौधरीले यो रकम पर्याप्त नरहेको बताउँदै प्रदेश र सङ्घीय सरकारले थप बजेट विनियोजन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

भर्खरै प्रकाशित

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज