Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विदेशी सवारी साधनमा २५ प्रतिशत थप कर लगाउने ट्रम्पको घोषणा

Author Avatar साझा न्यूज 27th March 2025 , 3:10 PM
विदेशी सवारी साधनमा २५ प्रतिशत थप कर लगाउने ट्रम्पको घोषणा

वासिङ्टन, चैत १४ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटो आयात र पार्टपूर्जामा चर्को कर लगाउने घोषणा गर्नुभएको छ । अमेरिकाका व्यापारिक साझेदारहरूले ट्रम्पको पछिल्लो कर नीतिको प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

ट्रम्पको बुधबार अपरान्हको घोषणाअघि वाल स्ट्रिटमा गिरावट आएको छ भने विश्वको सबैभन्दा बढी बिक्री हुने अटोमेकर टोयोटाको मूल्य तीन प्रतिशतभन्दा बढीले घटेको छ ।

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले टोकियोले ‘सबै प्रकारका प्रतिकारात्मक उपायहरू विचार गरिरहेको’ बताउनुभएको छ भने क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पको करलाई आफ्नो देशका कामदारहरूमाथि ‘सीधा आक्रमण’ को संज्ञा दिनुभएको छ ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पनि आफ्नो देश ‘स्थिर रहन नसक्ने’ बताउनुभएको छ ।

ओभल अफिसमा आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले भन्नुभयो, “संयुक्त राज्य अमेरिकामा नबनेका सबै कारहरूमा २५ प्रतिशत कर लाग्ने गरी हामीले निर्णय लिएका छौँ ।”

घोषणामा भनिएको छ, “यो शुल्क अमेरिकी समय अनुसार अप्रिल ३ राति १२ः०१ बजे पछि लागू हुनेछ र यसले विदेशमा निर्मित कार र हल्का ट्रकहरूलाई असर गर्नेछ । अटोमोबाइलका मुख्य पार्टपुर्जाहरू पनि एक महिनाभित्रै प्रभावित हुनेछन् ।”

ट्रम्पले क्यानडा र युरोपेली सङ्घले संयुक्त राज्य अमेरिकालाई ‘आर्थिक क्षति’ पु¥याउन मिलेर काम गरेमा ‘हालको योजना भन्दा धेरै ठूलो मात्रामा कर लगाउने चेतावनी दिनुभएको छ ।

ट्रम्पका व्यापार र उत्पादनका लागि वरिष्ठ परामर्शदाता पिटर नाभारोले ट्रम्पको घोषणापछि पत्रकारसँगको एक साक्षात्कारमा ‘विदेशी व्यापार छली’ को आलोचना गर्दै यसले अमेरिकाको विनिर्माण क्षेत्रलाई ‘न्युन ज्यालामा काम गर्ने विदेशीका लागि सुरक्षित गरेको बताउनुभयो ।

उहाँले जर्मनी र जापानले उच्च मूल्यका पार्टपुर्जाको निर्माणलाई आफ्नो देशमा नै केन्द्रित गरेको र सस्तो उपकरण निर्यात गरेको भन्दै आलोचना गर्नुभयो ।

वासिङ्टनको करले ट्रम्पका सहयोगी तथा टेस्लाका मालिक एलन मस्कले आफ्नो फर्मको कारमा लागत प्रभावलाई ‘प्रभाबित’ नगरेको बताउनुभएको थियो ।

गत जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु गरेदेखि ट्रम्पले अमेरिकाका प्रमुख व्यापारिक साझेदार क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सामानमा नयाँ कर लगाउनुका साथै स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाउनुभएको छ ।

नयाँ करहरू उत्पादनहरूको लागि पहिले नै लगाइएका करकोे अतिरिक्त कर हुनेछ तर ह्वाइट हाउसले अमेरिका–मेक्सिको–क्यानडा सम्झौता (यूएसएमसीए) अन्तर्गत प्रवेश गर्ने सवारी साधनले आफ्नो अमेरिकी सामग्रीको आधारमा कम दरका लागि योग्य हुन सक्ने बताएको छ ।

ट्रम्पको व्यापार योजनामा अनिश्चितता र यसले मन्दी निम्त्याउन सक्ने चिन्ताले वित्तीय बजारलाई तरंगित बनाएको छ र हालैका महिनाहरूमा उपभोक्ताको विश्वास पनि घटेको छ ।

ट्रम्पको घोषणा अघि नै जनरल मोटर्स र स्टेलेन्टिसको शेयर तीन प्रतिशतभन्दा बढीले घटेको थियो ।

जापानमा कार निर्माता कम्पनी निसानले २।५ प्रतिशत, होन्डाले ३।१ प्रतिशत र मित्सुबिशी मोटर्सले ४.५ प्रतिशतले गुमाएका छन् भने माज्दा र सुबारुले करिब छ प्रतिशतले शेयर मूल्य गुमाएका छन् । दक्षिण कोरियाको हुण्डाई कम्पनी सियोलमा २।७ प्रतिशतले पछि परेको छ ।

ट्रम्पले सरकारी राजस्व बढाउने र अमेरिकी उद्योगलाई पुनर्जीवित गर्ने तरिकाको रूपमा करहरूको बचाउ गर्नुभएको छ । तर आयातित कारलाई लक्षित गर्दा जापान, दक्षिण कोरिया, क्यानडा, मेक्सिको र जर्मनीजस्ता नजिकका साझेदारहरूसँगको सम्बन्ध बिग्रन सक्छ ।

एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटका उपाध्यक्ष तथा पूर्व अमेरिकी व्यापार वार्ताकार वेन्डी कटलरले भन्नुभयो, “आयातित कारमा २५ प्रतिशत कर लगाउँदा हाम्रा धेरै नजिकका व्यापारिक साझेदारमा विनाशकारी असर पर्नेछ ।” उहाँले वासिङ्टनले केही प्रभावित पक्षसँग स्वतन्त्र व्यापार सम्झौता गरेको र व्यापार सम्झौताअन्तर्गत अमेरिकी प्रतिबद्धताको मूल्यमा प्रश्न उठाएको बताउनुभएको छ ।

संयुक्त राज्य अमेरिकामा बिक्री हुने लगभग ५० प्रतिशत कारहरू देशभित्र निर्मित हुन्छन्। आयातमध्ये आधा मेक्सिको र क्यानडाबाट आयात हुन्छ, जापान, दक्षिण कोरिया र जर्मनी पनि प्रमुख आपूर्तिकर्ता हुन् ।

ह्वाइट हाउसका एक अधिकारीका अनुसार अमेरिकामा निर्मित कारमध्ये आधाभन्दा बढी विदेशमा ‘एसेम्बल’ गरिएका हुन्छन् ।

फोर्ड, जनरल मोटर्स र स्टेलान्टिसको प्रतिनिधित्व गर्ने डेट्रोइटका ‘बिग थ्री’ कार उत्पादकको ‘अमेरिकन अटोमोटिभ पोलिसी काउन्सिल’ले कर वृद्धिका बारेमा सावधानीपूर्वक एक वक्तव्य जारी गर्दै यो नीतिले अमेरिकी अटो उत्पादनलाई बढावा दिने आशा व्यक्त गरेको छ ।

ट्रम्पले अप्रिल २ मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रका लागि तथाकथित ‘मुक्ति दिवस’ मनाउनुअघि बुधबारको घोषणा आएको हो ।

उहाँले वासिङ्टनले अनुचित ठानेका अभ्यासहरूको सुधार गर्न विभिन्न व्यापारिक साझेदारहरूको अनुरूप पारस्परिक करहरूको प्रतिज्ञा गर्नुभएको छ ।

बुधबार उहाँले यी शुल्कले सबै देशलाई असर गर्ने बताउनुभएको थियो ।

ट्रम्पले हालैका केही करका लागि आपतकालीन आर्थिक शक्तिको प्रयोग गर्नुभएको छ भने उहाँको अटो लेभी सन् २०१९ मा पूरा भएको सरकारी अनुसन्धानमा आधारित छ ।

अत्यधिक आयातले आन्तरिक अर्थतन्त्रलाई कमजोर बनाएको र यसले राष्ट्रिय सुरक्षामा खलल पु¥याउन सक्ने अनुसन्धानले देखाएको छ । रासस/एएफपी

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

महाकाली नदीमा प्रहरीका दुई जवान बेपत्ता

महाकाली नदीमा प्रहरीका दुई जवान बेपत्ता

जवाफ दिन रोष्ट्रममा प्रधानमन्त्री, विपक्षीले गरे नियमापत्ति

जवाफ दिन रोष्ट्रममा प्रधानमन्त्री, विपक्षीले गरे नियमापत्ति

भर्खरै प्रकाशित

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज