Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुमा धुमधामले ईद पर्व मनाईदै

Author Avatar साझा न्यूज 31st March 2025 , 6:43 PM
कपिलवस्तुमा धुमधामले ईद पर्व मनाईदै

कपिलवस्तु, १८ चैत्र । मुस्लिम बाहुल्य जिल्ला कपिलवस्तुमा धुमधामका साथ ईद पर्व मनाईदै छ । ईस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व ईदका अवसरमा एक आपसमा शुभकामनाहरु साटासाट गरी हर्ष उल्लासका साथ ईद पर्व मनाई रहेका छन् ।

पानी समेत नखाई एक महिना लामो रोजा बसेका मुस्लिम समुदायले हिजो सांझको चन्द्रमा उदाएको हेरे पछि ईद पर्व शुरु भएको हो । ईद पर्वको अवसरमा आज विहानै स्नान गरी सदरमुकाम तौलिहवा, कृष्णनगर, चन्द्रौटा, महाराजगंज, पकडी, मर्यादपुर लगायतका स्थानका ईदगाहा तथा मस्जिदहरुमा जम्मा भई मुस्लिम समुदायले सामुहिक नमाज पढेर ईद पर्व मनाएका छन् ।

सामुहिक नमाज पछि आफ्ना दिवंगत परिवारजनहरुको अन्तिम संस्कार सम्पन्न गरिएका नजिकका करवलाहरुमा गई उनीहरुले दिवंगत आत्माहरुको चीर शान्तिको लागि प्रार्थना समेत गरेको मुस्लिम अगुवा मुख्तार अहमद खांले बताए ।

ईद पर्वको अर्को महत्वपूर्ण पक्ष जकात हो । ईद पर्वको अवसरमा मुस्लिम समुदायले आफ्नो वार्षिक आम्दानी र आफ्नो घर परिवारमा रहेको गरहनाको मूल्यांकनको आधारमा अढाई प्रतिशत रकम जकातको रुपमा छुट्याएर गरिव गुरुवाहरुलाई दान गर्ने धार्मिक परम्परा रहेको मुस्लिम अगुवा हाजी नईम मोहम्मदले बताए ।

ईदगाहामा पुर्वमन्त्रीहरु सांसद सुरेन्द्र राज आचार्य, प्रदेश सभा सदस्य सुधाकर पाण्डेय, पुर्व मन्त्री बृजेश कुमार गुप्ता, वडा अध्यक्ष जाहिद खां, राजनैतिक अगुवाहरु डा.राजेश गुप्ता, रामभजन कलवार, अनुप कुमार पाण्डेय लगायतले ईद पर्वको शुभकामना दिन तौलिहवा बसपार्क नजिककैको ईदगाहामा पुगेका थिए ।

हिन्दु धर्मावलम्वीहरुले समेत मुस्लिम समुदायको यो पर्वमा भेटघाट तथा सामाजिक संजाल मार्फत मुस्लिम समुदायलाई शुभकामना व्यक्त गरेका छन् । धार्मिक सद्भावपूर्ण ढंगबाट ईस्लाम धर्मावलम्वीहरुको यस पर्वलाई यहांका हिन्दु धर्मावलम्वीहरुले हेर्ने गरेका छन् ।

वर्ष भरि आफु र आफ्नो परिवारले कमाएको कमाई मध्ये अढाई प्रतिशत घर वरपरका गरिब गुरुवाहरुलाई वितरण गरी उनीहरुसंगै शुभकामना साटासाट गरी ईद पर्व मनाई रहेको पुर्व अन्तराष्ट्यि क्रिकेट खेलाडी तथा युवा नेता फैजल रहमानले बताए ।

यसै गरी महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलाम, मायादेवी गाउंपालिकाका प्रमुख वलीउद्दीन मुसलमान लगायतका मुस्लिम नेताहरुले पनि आफ्ना नेता कार्यकर्ता, शुभचिन्तक तथा परिवारजन संग शुभकामना आदान प्रदान गर्दै ईद पर्व मनाएको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

भर्खरै प्रकाशित

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज