Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

देशभर अस्थायी परिवार नियोजनका साधनको अभाव

Author Avatar साझा न्यूज 30th April 2025 , 1:58 PM
देशभर अस्थायी परिवार नियोजनका साधनको अभाव

काठमाडौँ, वैशाख १७ गते । सरकारले समयमै खरिद गर्न नसक्दा अस्थायी परिवार नियोजनका साधनको अभाव देखिएको छ । परिवार कल्याण महाशाखाका अनुसार पिल्स, कण्डम, तीन महिने सङ्गीनी सुई (डिपो) कपर–टी, नरप्लान्ट जस्ता अस्थायी परिवार नियोजनका साधनको देशका विभिन्न ठाउँमा अभाव भएको हो ।

स्वास्थ्य सेवाअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार खरिद प्रक्रियामा ढिलाई भएकाले कतिपय ठाउँमा परिवार नियोजनका साधनको अभाव भएको जानकारी दिनुभयो ।

स्वास्थ्य सेवा विभागको भण्डारण केन्द्रमा कण्डम, सङ्गीनी सुई (डिपो) कपर–टी, नरप्लान्ट जस्ता अस्थायी परिवार नियोजनका साधनको स्ट्रक नभएकाले माग अनुसार परिवार नियोजनको साधनको परिपूर्ति गर्न सकेको छैन ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाका प्रमुख डा.पवनजङ्ग रायमाझीले परिवार नियोजनका अस्थायी साधन केन्द्रमा नभए पनि स्थानीय तहमा अलिअलि स्टक रहेको बताउनुहुन्छ ।

सरकारले कण्डम, सङ्गीनी सुई (डिपो) कपर–टी, नरप्लान्ट जस्ता परिवार नियोजनका साधन सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क वितरण गर्दै आएको छ ।

अभाव हुनुका कारण

सरकारले यो कार्यक्रमका लागि आवश्यक अनुसार बजेट छुट्याउ नसक्दा दातृ निकायको भर पर्दै आएको छ । पछिल्लो समय युएसएड बन्द हुँदा दाताले दिने भनेर प्रतिबद्धता गरेको सहयोगमा पनि कटौती भएकाले समस्या झन बढ्दो छ । सरकारले दिने बजेट बढाउन नसक्दा र दातृ निकायबाट आउने सहयोगमा कमी आएकाले परिवार नियोजनका साधान अभाव भएको डा.विवेक बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “बजार र डलरको भाउ प्रत्येक वर्ष बढ्दै गएको छ । दातृ निकायले दिने सहयोगमा कटौती गर्दै लगेको छ । सरकारले पनि लगानी बढाउन सकेको छैन त्यसैले माग पूरा गर्न समस्या परेको छ ।”

परिवार कल्याण महाशाखाका वरिष्ठ कम्युनिटी नर्सिङ अधिकृत अमृता पहाडीले खरिद प्रक्रिया ढिला हुँदा माग अनुसार अस्थायी परिवार नियोजनका साधनको परिपूर्ति गर्न नसकिएको बताउनुहुन्छ ।

खरिद प्रक्रिया अगाडि बढिसकेकाले एक डेढ महिनामा माग अनुसारको परिवार नियोजनका साधनहरू परिपूर्ति गर्न सकिने पहाडीको दाबी छ ।

युएसएड बन्द हुँदा अस्थायी परिवार नियोजनाका साधान दाताहरूले दिने भनेर प्रतिबद्धता अनुरूप नदिँदा यस्तो समस्या आएको उहाँका भनाइ छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाका प्रमुख डा.पवनजङ्ग रायमाझीले अस्थायी परिवार नियोजनका साधान खरिद प्रक्रियामा रहेको जानकारी दिनुभयो ।

उहाँ भन्नुहुन्छ, “खरिदको पक्रिया टुङ्गिने अवस्था छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट खरिद गर्नुपर्ने भएकाले समय लागेको हो । कुनैको सम्झौता भइसकेको छ भने कुनैको प्रक्रियामा रहेको छ । खरिद गर्दा मूल्य नमिल्ने हुँदा झन्झजटिलो हुँदो रहेछ ।”

वार्षिक ४० करोडका परिवार नियोजनका साधन चाहिन्छ

वार्षिक करिब ४० करोड बराबरको परिवार नियोजन अस्थायी साधन आवश्यक पर्ने पहाडी बताउनुहुन्छ । ४० करोडमध्ये  दातृ निकायले २५ करोड बराबरको सामग्री खरिद गरेर सहयोग गर्छ भने बाँकी सरकारले खरिद गर्दै आएको छ ।

उहाँका अनुसार एक वर्षमा तीन महिने सुई झण्डै साढे दुई लाख गर्ने गरेका छन् । नेपालमा वार्षिक दुई करोड ४८ लाख कण्डम आवश्यक पर्छ । पिल्स एक लाख ७७ हजारले प्रयोग गर्ने गर्ने तथ्याङ्कमा उल्लेख छ । कपरटीका नयाँ प्रयोग कर्ता प्रत्येक वर्ष १४ हजार थपिने अनुमान छ ।

चकित्सकका बालबालिकाबिच जन्मातर राख्नुका साथै इच्छा नभएको गर्भ रोक्न अस्थायी परिवार नियोजनको साधनको प्रयोग गर्ने गरिन्छ । कण्डमले साधनले यौन सम्पर्कको माध्यमबाट हुने विभिन्न सङ्क्रमणजन्य रोग लाग्नबाट बचाउने चिकित्सक बताउछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज