कपिलबस्तु, बैशाख २१ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का केन्द्रिय सल्लाहकार एवम् पूर्व मन्त्री दान बहादुर चौधरी जनमत पार्टीमा प्रबेश गर्नु भएको छ । जनमत पार्टी कपिलबस्तुले पकडीमा आयोजना गरेको अगुवा नेता कार्यकर्ता भेटघाट कार्यक्रममा पूर्व मन्त्री चौधरी जनमत पार्टीमा प्रबेश गरेका हुन् ।
एमालेका केन्द्रिय सल्लाहकार एमव् पुर्व मन्त्री चौधरीलाई जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा सिके राउतले पार्टीका सदस्यता दिइदै प्रबेश गराउनु भएको केन्द्रिय उपाध्यक्ष नरेन्द्र चौधरीले बताउनुभयो ।
त्यस्तै पिछडावर्गका राष्ट्रिय उपाध्यक्ष विनोद चौधरी सहित दर्जानौ नेता कार्यकर्ता जनमतमा प्रबेश गरेका हुन् ।
















































