कपिलवस्तु, वैशाख २७ गते । कपिलवस्तु बहुमुखी क्याम्पसको क्याम्पस सञ्चालन समितिको भएको निर्वाचनमा ९ सय ८२ मत खसेको छ । कुल १ हजार १२ मत रहेकोमा ९ सय ८२ मत खसेको निर्वाचन समितिको संयोजक नुर मोहम्मदले जानकारी दिनुभयो ।
क्याम्पस सञ्चालन समितिको निर्वाचनमा अध्यक्ष पदका लागि चार जना प्रतिस्पर्धामा रहेका छन् । अध्यक्षमा बाबुराम खानाल, सुरेश प्रसाद शर्मा, सचितानन्द त्रिपाठी र हरम सरिफ मुसलमान रहेका छन् ।
त्यस्तै चार जना खुला सदस्यका लागि १० जनाले उम्मेदवारी दिएका छन् । सदस्यहरुमा राजेश कुमार अग्रहरी, शोहरत तेलि, गोपाल भण्डारी, राम जी कुर्मी, शारदानन्द यादव, देवराज पाण्डेय, गंगेश कुमार बर्मा, कृष्ण चन्द्र पासी, गौरब कुमार कसौधन, राम शरण चौधरी रहेका छन् ।
त्यस्तै तिन जना महिला सदस्यका लागि ६ जनाको उम्मेदवारी रहेको थियो । जसमा विन्दवासिनि हरिजन, लक्ष्मी मिश्रा, बन्धना चौधरी, इन्दीरा पौडेल, देवाकोटा, सुनिता दुवे शुक्ला र पुष्पाञ्जली शुक्ला मिश्रा रहेका छन् ।

















































