Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

वडा अध्यक्ष दिरेप चौधरीको नेतृत्वमा वडामा विकासका लहर

Author Avatar साझा न्यूज 19th May 2025 , 1:08 PM
वडा अध्यक्ष दिरेप चौधरीको नेतृत्वमा वडामा विकासका लहर

कपिलवस्तु, जेठ ५ गते । कपिलवस्तु नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दिरेप कुमार चौधरीको नेतृत्वमा वडामा उल्लेखनीय विकासका कामहरू सम्पन्न भएका छन् । उनले निर्वाचित भएदेखि वडाका आधारभूत पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, धार्मिक तथा सामाजिक क्षेत्रहरूमा उल्लेखनीय काम गर्दै आएका छन् ।
वडाभित्र रहेका सबै मुख्य सडकहरूको निर्माण सम्पन्न भइसकेको छ । शिक्षाको क्षेत्रमा पनि महत्त्वपूर्ण पहल गरिएको छ । धर्मभक्त निमाविलाई माध्यमिक विद्यालयमा स्तरोन्नति गरिनुका साथै कोटी ग्राम विद्यालयलाई पनि माध्यमिक तहमा उकासिएको छ । यी दुवै विद्यालयमा चार कोठे नयाँ भवन निर्माणका लागि बजेट विनियोजन भई निर्माण कार्य अगाडि बढिसकेको छ । साथै कोटी ग्राम माविमा पर्खाल निर्माण पनि गरीको उहाँको भनाई छ ।


साथै धर्मभक्त माविका एसइइ दिने विद्यार्थीहरुलाई वडाको बजेटबाट अतिरिक्त कक्षाको व्यवस्था गरिएको वडाध्यक्ष चौधरीले बताउनुभयो ।
बाल विकासका लागि पनि वडा कार्यालयले विशेष ध्यान दिएको छ । कोटी ग्राम, धर्मभक्त र कपियवामा बालविकास भवन निर्माण गरिएको छ । साथै, वडा भित्रका तीनवटै विद्यालयका विद्यार्थीहरूलाई स्कुल ब्याग, पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ । वडा भित्र रहेका विद्यालयका विद्यार्थीहरूलाई स्टेशनरी वितरण गरिएको छ ।


सामुदायिक संरचनाको विकासमा पनि वडाले ठोस काम गरेको छ । डगंरी र श्रीरामपुरमा सामुदायिक भवन निर्माण सम्पन्न भएको छ । दलदलहा गाउँमा मदरसा, श्रीरामपुरमा मस्जिद र इदगाहको निर्माण गरिएको छ । साथै, वडा भित्रका विभिन्न मठ–मन्दिरहरूको जीर्णोद्धार समेत गरिएको छ ।


कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न कृषकहरूलाई तरकारी तथा दुध उत्पादनमा प्रयोग हुने बीउ र घाँसको बीउ वितरण गरिएको छ । कृषकहरुलाई स्प्रेटंयकी वितरण समेत गरीएको छ । स्वास्थ्यका क्षेत्रमा पनि वडाले सक्रियता देखाएको छ । नियमित स्वास्थ्य जाँच गराएका महिलाहरूलाई सुपरनेट झुल वितरण गरिएको छ भने ६ महिना देखि २ वर्षसम्मका बालबालिकालाई सर्वोत्तम पिठो वितरण गरिएको छ । डंगरी स्वास्थ्य चौकीलाई मर्मत संभार गरी पर्खाल निर्माण समेत गरीएको छ । खानेपानीका लागि हेण्डपाइप जडान गरीएको छ ।


खेलकुदको विकासका लागि खेल सामग्री वितरण गरिनुका साथै ‘वडाकप क्रिकेट प्रतियोगिता’ आयोजना गरिएको छ । साथै, बाल विकास कक्षाका विद्यार्थीहरूका लागि विद्यालयमा एलईडी जडान गरिएको छ । धर्मभक्त मावि बभनी तथा कोटी ग्राम माविमा अध्ययनरत विद्यार्थीहरूका लागि ल्याब प्रयोगशाला तथा पुस्तकालयको निर्माण कार्य गरी सञ्चालनमा ल्याइएको छ ।
वडा अध्यक्ष चौधरीले वडाको समग्र विकासमा योगदान पु¥याउँदै स्थानीयको जीवनस्तर उकास्ने प्रयास गर्दै आएका बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

कपिलवस्तुका दुई पेट्रोल पम्पमा बिक्री–वितरण रोक

कपिलवस्तुका दुई पेट्रोल पम्पमा बिक्री–वितरण रोक

कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी सम्पन्न

कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी सम्पन्न

कोशी प्रदेशमा दुर्घटनामा कमी

रोल्पाको थवाङमा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु

कपिलवस्तुमा बस दुर्घटना १९ जना घाइते

कपिलवस्तुमा बस दुर्घटना १९ जना घाइते

भर्खरै प्रकाशित

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

कपिलवस्तुका दुई पेट्रोल पम्पमा बिक्री–वितरण रोक

कपिलवस्तुका दुई पेट्रोल पम्पमा बिक्री–वितरण रोक

कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी सम्पन्न

कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी सम्पन्न

कोशी प्रदेशमा दुर्घटनामा कमी

रोल्पाको थवाङमा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज