साझा न्यूज । यशोधरा – कपिलवस्तु
नेपाली कांग्रेस यशोधरा गाउंपालिका वडा नं. १ का बुथ सभापति कल्लु गद्दीको निधन भएको छ । ८५ वर्षीय गद्दीको आफ्नै गाउं यशोधरा गांउपालिका वडा नं. १ पकडीमा शुक्रवार सांझ निधन भएको हो ।
उनको शवलाई ईस्लाम धर्म परम्परा अनुसार शनिवार दिउसो पकडी गाउंमा अन्त्योष्टि कार्य सम्पन्न गरिएको छ । बुथ सभापति गद्दीको निधनबाट नेपाली कांग्रेस जिल्ला संगठनलाई ठुलो क्षति पुगेको नेपाली कांग्रेस जिल्ला सभापति अब्दुल कलामले बताए ।
बुथ सभापति गद्दीको पार्थिश शरीरलाई नेपाली कांग्रेसका नेता तथा लुम्विनी प्रदेश सभाका सदस्य सुधाकर पाण्डेय, नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति राजेश आचार्य, यशोधरा गांउ ईकाई सभापति जगदीश पाण्डेय, कांग्रेस नेता ओम प्रकाश गुप्ता, अनुप पाण्डेय, बुथ ईकाई उपसभापति रामदिन तेली लगायतका नेताहरुले नेपाली कांग्रेसको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्धान्जली व्यक्त गरेका थिए ।

सो अवसरमा नेपाली कांग्रेस लुम्विनी प्रदेश समितिका महामन्त्री तथा प्रतिनिधी सभा सदस्य सुरेन्द्र राज आचार्य, क्षेत्रीय सभापति तथा पुर्व पालिका प्रमुख गिरिजेश पाण्डेय, नेपाल मुस्लिम संघका जिल्ला सभापति आफताब आलम, महाअधिवेशन प्रतिनिधी दुर्गेश पाण्डेय लगायतका नेताहरुले स्वर्गीय गद्दीको घरमा पुगी अन्तिम श्रद्धान्जली व्यक्त गरेका छन् ।
















































