कपिलबस्तु, जेठ २३ गते । जिल्लाको शुद्धोधन गाँउपालिकाकाले आईतबार स्थानिय विदा दिइएको छ । गाँउपालिकाका अध्यक्ष कमलेश शरण चौधरीका अनुसार इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद–उल–अजहाको अवसरमा पालिकामा स्थानिय विदा दिइएको बताउनुभयो ।
गाँउपालिका अन्र्तगतका वडा कार्यालयहरु, शैक्षिक संघ–संस्थाहरु एवम् आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आईतबार स्थानिय विदा दिइएको अध्यक्ष चौधरीले बताउनुभयो ।
त्यस्तै मायादेवी गाँउपालिकाले पनि विदा दिइएको गाँउपालिकाका अध्यक्ष वलिउद्दिन खाँले बताउनुभयो ।

















































