Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नगरबासीलाई रोजगारीसंग जोडी रहेका छौ ः नगर प्रमुख श्रेष्ठ

Author Avatar साझा न्यूज 10th June 2025 , 11:23 AM
नगरबासीलाई रोजगारीसंग जोडी रहेका छौ ः नगर प्रमुख श्रेष्ठ

कपिलवस्तु, जेठ २७ गते । बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशब कुमार श्रेष्ठले नगरपालिकाले नगरबासीलाई विभिन्न माध्यमबाट रोजगारीमा जोड्ने काम गरेको बताएका छन । नगरपालिकाले वडा नम्बर २ गोरुसिंगेको मायाज होटलमा राखेको रोजगार रणनीति आवधिक तथा आन्तरिक रोजगार प्रर्बद्धन कार्यक्रमका उनले सो कुरा बताएका हुन ।
पालिकाले नगर शिक्षक, नगर प्रहरी स्वास्थ्य लगाएतका क्षेत्रमा स्थानीयलाई नै नियुक्त गरी रोजगारी दिएको भन्दै यी कामहरुलाई नजरअन्दाज गर्न नमिल्ने बताए । श्रेष्ठले भने, ‘नगरपालिकाले नागरिकको आवश्यक्ता र उहाहरुको माग बमोजिम विभिन्न प्रकारका सिप सिकाउने काम गरेको छ यसले रोजगारी सिर्जनाको लागि अवसर प्रदान गर्दछ, नगरले जनतालाई सिप सिकाउने दक्ष बनाउने हो, यसमा नागरिकको सक्रियता पनि आवश्यक पर्दछ ।’
‘पालिकाले नगरबासीको लागि विभिन्न काम गरेको छ तर अहिले राम्रो भन्दापनि नराम्रो कामको चर्चा बढी हुन्छ, देशकै आर्थिक अवस्था कमजोर भएको परिपेक्षमा हामीले पनि सिमित बजेटबाट काम गर्नुपर्ने हुन्छ नगरको आन्तरिक स्रोत बढाउन करको दायरा बढाउनुपर्यो त्यो गर्न साथ विभिन्न प्रकारका विरोध सुरु हुन्छ, आय आर्जन नहुँदा घर चल्दैन र कर राजश्व नभए पालिका श्रेष्ठले भने ।’
अब बनको आयस्रोतलाई पनि स्थाीनय सरकार संग जोडनुपर्ने भन्दै सामुदायिक बनलाई पालिकासंग सहकार्य गर्न आग्रह गरे ।
कार्यक्रममा आन्तरीक रोजगारी प्रर्बद्धनबारे सरोकारवालसंग छलफल तथा सुझाव संकलन गरेको छ । कार्यक्रममा सरोकारवालले पनि विभिन्न सुझाव राखेका थिए । होटल ब्यवसायी संघका अध्यक्ष लक्ष्मण न्यौपानेले होटल ब्यवसायीलाई पालिकाले हेर्नुपर्ने भन्दै पर्यटन प्रर्बद्धनको प्रमुख आधार नै होटल ब्यवसाय भएको बताए ।
साथै जिल्लाका पर्यटकीय तथा धार्मिक स्थलको प्रचारप्रसारमा जोड दिनुपर्ने बताए ।

उद्योग बाणिज्य संघका अध्यक्ष शुवलाल भुसालले बुद्धभूमि नगरपालिकाले रोजगारीका लागि ब्यापक प्रयास गरेको भन्दै पछिल्लो समय स्वदेशमै केहि गर्छु भन्ने जनशक्ती कम हुदै गएको बताए ।
भुसालले भने, अहिले रोजगारी दिन्छु भन्दापनि काम गर्ने मान्छे छैनन् पहिलो कारण त बैदेशिक रोजगारी हो, अहिले १७– १८ हजारमा कसैले काम गर्दैन् आर्थिक मन्दी लगाएतले समस्या भएको हो यसमा राज्यको ध्यान जाओस ।’
यस्तै नगर युवा परिषदका अध्यक्ष बाबुराम घिमिरेले विगतका दिनमा संचालन गरेका सिपमुलक कार्यक्रम प्रभावकारी नभएको भन्दै तालिमबाट रोजगारी पाएका युवाको तथ्य राख्न सुझाव दिए ।
यसैगरी नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले समाज परिवर्तनका संबाहक नगरपालिका संगै सामुदायिक बन तथा विभिन्न संघसंस्था पनि रहेको भन्दै सबैले सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताए । उद्योगी ब्यवसाय, होटल ब्यवसायी, सामुदायिक वनले पनि विभिन्न सामाजिक काम गरेकाले तयस्ता काममा सरिक हुन सुझाव दिए । जिल्लाको पर्यटन प्रर्बद्धनका लागि मिडियासंगै हरेक निकाय लाग्नुपर्ने उनको भनाई छ ।
यस्तै हरियाली सामुदायिक वनका सचिव श्री निवास चौधरीले स्थानीय उत्पादन तथा बजारीकरणलाई प्रर्बद्धन गर्न समेपनि पनि आर्थिक विकास हुने बताए । कार्यक्रममा नगरपालिकाका रोजगार संयोजक रबिन चौधरीले स्थानीय तहको रोजगार निर्माण सम्बन्धी मार्गर्दशन प्रस्तु गरेका थिए ।
बुद्धभूमि नगरपालिकाको २०८१ जेष्ठ १८ गतेको कार्यपालिका बैठकले ५ वर्षे रोजगारी रणनीति स्विकृत गरेको थियो । जसमा कृषि क्षेत्रमा दिगो उत्पादनशिल रोजगारी, ब्यवसायीक सिप विकास तालिम तथा निर्माण क्षेत्र प्राथामिकतामा रहेका छन् । नगरप्रमुख केशव कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचाहन रोजगार सहायक संगिता जिसिले गरेकी थिइन् ।
कार्यक्रममा वडा अध्यक्ष, सामुदायिक वनका अध्यक्ष, उद्योग बाणिज्यसंघ, होटल ब्यवसायी संचारकर्मी संगै रोजगारी प्रबद्र्धन गर्न सकिने क्षेत्रका प्रतिनिधी सहभागि थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज