Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

छात्र छात्राहरुमा स्वच्छता र सरसफाई अभियान

Author Avatar साझा न्यूज 10th June 2025 , 11:20 PM
छात्र छात्राहरुमा स्वच्छता र सरसफाई अभियान

साझा न्यूज । कपिलवस्तु
छात्रछात्राहरुमा स्वच्छता र सरसफाई अभियानलाई प्रवर्धन गर्न भारत नयां दिल्ली स्थित सुलभ स्यानिटेशन क्लब र कालिका स्वावलम्वन सामाजिक केन्द्रको आयोजनामा तौलिहवा र लुम्विनीमा कार्यक्रम सम्पन्न गरिएको छ ।

तौलिहवा स्थित श्री तौलेश्वरनाथ संस्कृत मा.वि. र बुद्धपद्म मा.वि.का विद्यार्थीहरुका विच शुलभ स्यानिटेशन क्लबका अभियन्ताहरुले बिद्यालय र समुदायमा दिगो जल, सरसफाई र स्वच्छता अभ्यासलाई तीव्र गतिमा प्रबद्र्धन विषयमा अभिमुखीकरण गरेका थिए ।
विद्यार्थी, शिक्षक र अभियन्ताहरुले तौलिहवा बजार परिक्रमा गरी महिनावारी सम्वन्धी समाजमा विद्यमान नकारात्मक धारणाको विरुद्ध सन्देशमूलक नाराहरु उद्घोष गरेका थिए ।

बजार परिक्रमा पछि विद्यार्थी र शिक्षकहरु विच सुलभ क्लबका अयिभन्ताहरुले ग्रामीण र शहरी सरसफाई प्रविधी उपयोगका बारेमा कार्यशाला सम्पन्न गरेका छन् । यसै गरी दोस्रो दिन लुम्विनीको महिलाबार स्थित मधुवनी मा.वि.का छात्रछात्राका लागि पनि सो कार्यशाला आयोजना गरिएको थियो ।

सो अवसरमा सुलभ इन्टरनेशनलका राष्ट्रिय संयोजक रुपक रोय चौधरीले विद्यालय स्तरबाटै स्वच्छता अभियानका लागि हातेमालो अगाडि बढाउनु पर्ने बताए । लुम्बिनी प्रदेशको चार वटा विद्यालयबाट महिनावारी स्वच्छता, खानेपानी, सरसफाई र स्वच्छताका नमुना अभ्यास प्रस्तुत गर्ने गरी सचेतना प्रवाहको कार्यमा लागेको उनले जनाए ।

विद्यालय र समुदायहरुमा दिगो वास अभ्यासहरूको महत्वबारे चेतना अभिवृद्धि गर्न, सफल सरसफाई मोडेलहरू र स्थानीय नवप्रवर्तनहरु साझेदारी गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको कालिका स्वावलम्वन सामाजिक केन्द्रका कार्यकारी निर्देशक रामेन्द्र सिंह रावलले बताए । स्थानीय सरकार र समुदायको सक्रिय सहभागिता र स्वामित्वलाई प्रोत्साहन गर्न कार्यक्रमले सघाउने अपेक्षा गरिएको कालिका स्वावलम्वन सामाजिक केन्द्रका अध्यक्ष मन्दिप सिंहले बताए ।

यसै क्रममा “स्वच्छ भविष्यको निर्माण” भन्ने मूल नाराका साथ लुम्बिनीमा दिगो स्वच्छता अभ्यासहरुका लागि विशेष सरोकारवालाको सम्मेलन लुम्बिनी साँस्कृतिक नगरपालिकाको हलमा सम्पन्न भएको छ ।

बिद्यालय र समुदायमा दिगो जल, सरसफाई र स्वच्छता अभ्यासलाई तीव्र गतिमा प्रबद्र्धन गर्ने उद्धेश्यले शुलभ स्यानिटेसन क्लब र कालिका स्वावलम्बन सामाजिक केन्द्रको संयुक्त आयोजना तथा भारतीय दूतावासको बीपी कोईराला भारत–नेपाल प्रतिष्ठानको आर्थिक सहयोगमा सम्मेलन सम्पन्न गरिएको हो ।

सम्मेलनमा नेपाल स्थित भारतीय दुतावासका प्रथम सचिव बशिष्ठ नन्दनले स्वच्छता र सरसफाईका लागि सरोकारवाला सबै पक्षको समान दायित्व रहने बताए । उनले स्वच्छ नेपाल बनाउने अभियानमा जुट्न सबैलाई आग्रह गर्दै आफुहरु पनि स्वच्छ नेपाल अभियानमा सहकार्य गर्न तत्पर रहेको बताए । कार्यक्रममा ६० बढी सरसफाई अभियन्ताको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज