Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

रोल्पा रुकुममा भूम्या पर्व मनाइँदै

Author Avatar साझा न्यूज 15th June 2025 , 12:59 PM
रोल्पा रुकुममा भूम्या पर्व मनाइँदै

होलेरी (रोल्पा) असार १ गते । प्रकृतिको पूजा गरेर मगर समुदायले आजबाट भूम्या पर्व धुमधामका साथ मनाउन सुरु गरेका छन् । भूम्या पर्वमा विशेषगरी जमिनको पूजा गर्ने चलन छ ।

जमिनको पूजा गरेमा प्राकृतिक प्रकोपबाट धनजनको क्षति र अनिष्ट नहुनुका साथै अन्नबाली सप्रिने विश्वास छ । प्राकृतिक प्रकोपबाट धनजनको क्षति भएमा भूम्या देउता रिसाएको भन्ने मान्यता छ । त्यसैले पनि मगर समुदायमा भूम्या पर्वको ठुलो महत्व रहँदै आएको छ ।

भूमि थानमा पूजा गरिसकेपछि विभिन्न बाजासहित नाचगान गरी पाँच दिनसम्म भूम्या पर्व मनाउने गरिन्छ । यो पर्वमा युवा युवती, बुढाबुढी सयौँ व्यक्तिहरु एकैचोटी नाच्न सकिने नोको बाङ्गे नाचको पनि आयोजना गरिन्छ ।

अथार मगरात क्षेत्रका मातृभाषा मगर खामपाङ बोल्ने मगर जातिले परापूर्वकालदेखि नै आफ्नो जातीको ठुलो चाडका रुपमा भुम्या पर्व मान्दै आएका छन् । जीविकोपार्जनका लागि वन, जङ्गल, खानी आदिहरूमा प्रकृतिसँग जुझ्दै जीवनयापन गर्ने क्रममा अधिकांश समय वनजङ्गलमै बसेको सम्झनामा हरेक वर्षको असार महिनाको १ गतेलाई भुम्या पर्वका रुपमा मनाउँदै आएका छन् ।

वसन्त ऋतुमा विवाह गर्ने जोडीको दाम्पत्य जीवन सधैं सुखी र खुसी हुने धार्मिक विश्वसलाई कायम राख्न यो पर्वको शुरुवात गरिएको नेपाल मगर सङ्घका केन्द्रीय उपाध्यक्ष दर्जित रोका मगरले बताउनुभयो ।

रोल्पाको थबाङ, सुनछहरी, परिवर्तन गाउँपालिका साथै पूर्वी रुकुमका सिस्ने, भुमे र पुथाउत्तरगङ्गा गाउँपालिकाका विभिन्न गाउँमा परापूर्वकालदेखि नै धुमधामका साथ त्यहाँका मगर समुदायले मनाउँदै आएका छन् ।

भूम्या पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले रोल्पा, रुकुम, दाङ र प्यूठानमा मगर समुदायका लागि सार्वजनिक बिदा दिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

भर्खरै प्रकाशित

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज