Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बालबालिकालाई विद्यालयमा टिकाइ राख्न ४ सय बढीलाई शैक्षिक सामग्री

Author Avatar साझा न्यूज 20th March 2026 , 7:12 PM
बालबालिकालाई विद्यालयमा टिकाइ राख्न ४ सय बढीलाई शैक्षिक सामग्री

तौलिहवा(कपिलबस्तु), चैत्र ६ गते । आर्थिक अभावका कारण शैक्षिक सामग्री खरिद गर्न नसकी बीचमै पढाइ छाड्न बाध्य हुने विद्यार्थीको विद्यालय छाड्ने दर कम गर्ने विद्यार्थीलाई शैक्षिक सामग्री र अभिभावकलाई खाद्यान्न वितरण गरिएको छ । उक्त सामाग्री कपिलबस्तु नगरपालिकाका ६ वटा विद्यालयका ४१३ जना विद्यार्थी र तिनका अभिभावकलाई सामग्री वितरण गरिएको हो ।
सोही अवसरमा कपिलबस्तु नगरपालिका वडा नंं ३ सडवा स्थित श्री गौतमबुद्ध आधारभूत विद्यालयमा ७५ जना बालबालिका र अभिभावकलाई खाद्यान्न वितरण गरिएको छ ।
आर्थिक रुपमा शैक्षिक सामाग्री खरिद गर्न नसक्ने बालबालिकाहरुलाई पढाईमा निरन्तरता दिनका लागि शैक्षिक सामाग्री र खद्यान्न वितरण गरिएको राइट टु एक्सेस नेपालका कार्यकारी निर्देशक विनोद पौडेल बताउनुभयो । गत वर्ष पनि यस्तै कार्यक्रममार्फत विभिन्न १० वटा विद्यालयका ८०० जना बालबालिका र तिनका अभिभावकलाई सामग्री वितरण गरिएको उहाँले बताउनुभयो ।
विद्यालयलाई अझ सक्षम बनाउन स्थानीयको साथ र अभिभावकको सक्रियता आवश्यक रहेको लुम्बिनी विकास कोषका निवर्तमान सदस्य राजेश ज्ञवालीले बताउनुभयो । उहाँले शिक्षामा लगानीले समाजलाई समुन्नत बनाउने भएकाले सबैले सहयोग गर्नुपर्ने धारणा राखनुभयो ।
यस प्रकारको सहयोगले विद्यार्थीको नियमित उपस्थितिमा वृद्धि हुनुका साथै अध्ययनप्रतिको आकर्षण बढ्ने अपेक्षा गरिएको कपिलबस्तु नगरपालिका वडा नं. ३ का वडाध्यक्ष प्रकाश गैरेले बताउनुभयो । पालिका भित्र रहेका विद्यालयहरुमा अध्ययान गर्ने बालकालिकाहरुलाई शुल्क शत प्रतिशत छुट गरिएको उहाँको भनाई छ ।
विद्यार्थीलाई सिलाइसमेत गरिएको एक सेट विद्यालय पोशाक, एक थान स्वेटर, एक थान टोपी, विद्यालय पोशाकसँग मिल्ने कालो जुत्ता र एक जोर मोजा, एकवटा झोला, सातवटा कापी तथा स्केल, कलर, इरेजर, सापनर, पेन्सिल, डटपेनलगायतका शैक्षिक सामग्री वितरण गरिएको छ । त्यस्तै, अभिभावकलाई २५ किलोग्राम चामलको एक बोरा र एक लिटर खाने तेल उपलब्ध गराइएको छ ।
कार्यक्रमलाई निरन्तरता दिँदै तीन वर्षभित्र कुल दुई हजार ४०० जना विद्यार्थी र तिनका अभिभावकलाई सहयोग पु¥याउने लक्ष्य राखिएको छ । सडवामा भएको कार्यक्रममा विद्यालयकी प्रअ सर्मिला थापाको स्वागतमा भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज