Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

रेसुङ्गा विमानस्थलमा आजदेखि उडान समय र तालिकामा परिवर्तन

Author Avatar साझा न्यूज 24th March 2026 , 11:24 AM
रेसुङ्गा विमानस्थलमा आजदेखि उडान समय र तालिकामा परिवर्तन

जनार्दन घिमिरे
गुल्मी, १० चैत । गुल्मीको रेसुङ्गा विमानस्थलमा आजदेखि हवाई उडानको समय र तालिका परिवर्तन गरिएको छ । नेपाल वायु सेवा निगमले यस अघि गुल्मीमा सनिबार सञ्चालन गर्दै आएको हवाई उडानको तालिकामा परिवर्तन गरेको हो ।
नेपाल वायु निगमले यस अघि आइतवार, मंगलवार र शनिवार गरि सातामा तीन पटक उडान गर्दै आएको थियो । उडान तालिकामा परिवर्तन गरेसँगै अबदेखि आइतवार, मंगलबार र बिहीबार गरी सातामा तीन पटकमात्र उडान गर्ने भएको रेसुङ्गा स्टेशनका प्रमुख सुमन थापाले जानकारी दिएका छन ।
नेपाल वायुसेवा निगमले गत एक महिना अघिदेखि आइतवार, मंगलवार र शनिवार उडान गर्दै आईरहेको थियो । अबदेखि सनिबारको उडान तालिकामा परिवर्तन गरी बिहीबारलाई तालिका निर्धारण गरिएको स्टेशन प्रमुख थापाले बताए ।
नेपाल वायुसेवा निगमका आन्तरिक उडानतर्फ हाल दुई वटा मात्र ट्वीनअटर जहाज रहेका छन । वर्षादको समय र प्रतिकुल मौशमको कारण बाहेक पछिल्लो चार महिना गुल्मीको रेसुङ्गा विमानस्थलमा नियमित रुपमा हवाई उडानहुँदै आएको छ ।
रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमद्वारा १८ सिट क्षमताको ट्वीनअटर जहाजबाट काठमाण्डौदेखि रेसुङ्गा विमानस्थल लागि आईतबार बिहान ८ः०५बजे र रेसुङ्गाबाट बिहान ९ः०५ बजे र मंगलबार र बिहीबार काठमाण्डौदेखि बिहान ६ः१५ बजे र रेसुङ्गा विमानस्थलबाट काठमाण्डौका लागि बिहान ७ ः१५ बजे उडान गर्नेगरी समय र तालिकामा परिवर्तन गरेको हो ।
निगमले काठमाडौंबाट गुल्मीका लागि ७ हजार पाँच सय रुपैंया र गुल्मीबाट काठमाडौंका लागि ७ हजार तीन सय रुपैयाँ भाडादर निर्धारण गरेको छ । रेसुङ्गा विमानस्थलमा दिउसोको समयमा अत्याधिक हावाको चाँपहुने भएको कारण प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान हँुदै आएको छ ।
गुल्मीमा हवाई उडान शुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं वाह्य पर्यटकहरुको संख्यामा समेत बृद्धिहुँदै गएको छ । १६ देखि १८ घण्टासम्मको लामो यात्रा गरेर राजधानी पुग्नुपर्ने वाध्यता रहेको यस क्षेत्रका नागरिकहरुले आकास मार्गबाट ४५ देखि ५० मिनेटमै सहज रुपमा गुल्मीबाट राजधानी आवतजावत गर्न सहज बनेको छ ।
जिल्लामा हवाई सेवा लिने नागरिकहरुको चाँप पछिल्लो समयमा बढ्दै गएको छ । तर यात्रुहरुको चाँप बढेपनि उडान सख्या थोरै हुने र प्रतिकुल मौसमका कारण बेलाबेलामा उडान रद्द हुने भएका कारण यात्रुहरुले सास्ती खेप्नु परेको गुनासो गर्दै आईरहेका छन । गुल्मीमा नेपाल वायुसेवा निगमले २०८० बैशाख २९ गतेदेखि व्यावसायिक रुपमा हवाई सेवा शुरु गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

भर्खरै प्रकाशित

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज