Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नगर विकास समितिको अतिक्रमित जग्गामा ७५१ घरटहरा

Author Avatar साझा न्यूज 6th May 2026 , 12:44 PM
नगर विकास समितिको अतिक्रमित जग्गामा ७५१ घरटहरा

खजुरा, वैशाख २३ गते । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित नगर विकास समितिको अतिक्रमित जग्गामा ७५१ घरधुरीका घरटहरा रहेको पाइएको छ।

नगर प्रमुख पूर्णप्रसाद आचार्यका अनुसार कोहलपुर नगर विकास समितिको कोहलपुर–३ (ख) अन्तर्गत करिब ३६ बिघा क्षेत्रफल (क्रिकेट मैदान आसपास)मा अतिक्रमण गरी निर्माण गरिएका घरटहराको व्यक्तिगत लगत सङ्कलनका क्रममा उक्त तथ्य फेला परेको हो।

उहाँका अनुसार उक्त क्षेत्रमा ४१६ अव्यवस्थित बसोवासी, १७२ भूमिहीन दलित र १६३ भूमिहीन सुकुमवासी गरी ७५१ घरधुरी बसोवास गर्दै आएका छन्।

सम्बन्धित निकायसँग समन्वय गरी गरिएको प्रारम्भिक अध्ययनमा भूमिहीन दलिततर्फ ११ जना र भूमिहीन सुकुमवासीतर्फ एक जनाको अन्य जिल्लामा समेत जग्गाजमिन रहेको देखिएको नगर प्रमुख आचार्यले जानकारी दिनुभयो।

एउटै परिवारका सदस्यले फरक–फरक निवेदन दिएका कारण वास्तविक घरधुरी सङ्ख्या ७५१ नभई करिब ४०० आसपास हुन सक्ने प्रारम्भिक अनुमान गरिएको उहाँको भनाइ छ।

बस्ती विकास तथा बसोवासका क्रममा केही बिचौलियाको संलग्नतामा नक्कली कागजात तयार गर्ने, जग्गा किनबेच गराउने तथा आर्थिक लाभ लिने गतिविधिबारे उजुरी प्राप्त भएकाले सम्बन्धित निकायबाट अनुसन्धान भइरहेको उहाँले बताउनुभयो।

नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा कानुनी प्रक्रियाबिना कुनै व्यक्ति वा संस्थालाई हस्तान्तरण वा बिक्री गर्न नमिल्ने स्पष्ट कानुनी व्यवस्था रहेको भन्दै उहाँले अवैध रूपमा घरटहरा तथा जग्गा कारोबार गर्नेहरूमाथि कानुनी कारबाही अघि बढाइने उल्लेख गर्नुभयो।

२०८० चैत ५ गतेको बोर्ड बैठकको निर्णय अनुसार स्वघोषणासहित निवेदन आह्वान गरी लगत सङ्कलन गरिएको र प्राप्त विवरण सुरक्षित राखिएको नगरपालिकाले जनाएको छ।

वास्तविक भूमिहीन तथा सुकुमवासीको व्यवस्थापनका लागि वैकल्पिक स्थानको पहिचान तथा छलफल भइरहेको र आवश्यक निर्णय छिट्टै सार्वजनिक गरिने नगर प्रमुख आचार्यले जानकारी दिनुभयो।

नगर विकास समितिको जग्गामा बसोवास गर्ने व्यक्तिहरूलाई भ्रम, दुरुपयोग वा राजनीतिक स्वार्थको माध्यम नबनाउन आग्रह गर्दै उहाँले वास्तविक भूमिहीन र सुकुमवासीको उचित व्यवस्थापन सुनिश्चित गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो।

वैशाख १६ गते नगरपालिकाले सूचना जारी गर्दै नगरभित्रका अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न १० दिने अल्टिमेटम दिएको थियो।

सूचनामा आगामी वैशाख २५ गते साँझ ७ बजेसम्म घरटहरा स्वयं हटाउन आग्रह गरिएको छ। अन्यथा वैशाख २६ गते बिहान ६ बजेदेखि नगरपालिकाले कानुनबमोजिम संरचना हटाउने जनाएको थियो।

नगरपालिकाको निर्णयविरुद्ध भूमिहीन, अव्यवस्थित बसोवासी तथा सुकुमवासीहरूले मङ्गलबार विरोध प्रदर्शन गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोहलपुर नगर समितिले पनि वैकल्पिक व्यवस्था गरेर मात्र अतिक्रमित जग्गा खाली गराउनुपर्ने माग गर्दै नगर प्रमुखको ध्यानाकर्षण गराएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

भाउजूको हत्या गर्ने देवर पक्राउ

‘क्यासिनो’मा जुवातास खेलिरहेका १९ जना नेपाली पक्राउ

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

फोन नम्बर नदिँदा महिलामाथि अश्लील हर्कत गर्ने युवक पक्राउ

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

टेक्सासमा भएको गोली हानाहानमा, दुईजनाको मृत्यु

भर्खरै प्रकाशित

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

भाउजूको हत्या गर्ने देवर पक्राउ

‘क्यासिनो’मा जुवातास खेलिरहेका १९ जना नेपाली पक्राउ

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

फोन नम्बर नदिँदा महिलामाथि अश्लील हर्कत गर्ने युवक पक्राउ

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज