Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

Author Avatar साझा न्यूज 28th May 2026 , 3:28 PM
सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

कपिलवस्तुका मुस्लिम धर्मावलम्बीहरूले आफ्नो दोश्रो प्रमुख चाड बकर ईद धुमधामसँग मनाएका छन्।

मुलुकको स्थिरता, शान्ति अमनचयनको कामना गर्दै इस्लाम धर्मावलम्बीहरूले आफ्नो दोश्रो ठूलो चाड ईद उल अजाहा बकर ईद बिहीबार जिल्लामा हर्षोल्लासका साथ मनाएका हुन्। उनीहरूले एक आपसमा शुभकामना आदानप्रदान गरी बकर ईद मनाए।

अरबी क्यालेन्डर अनुसार हिजरी सम्बतको जिलहिज्जा महिनामा बकर ईद पर्ने गर्दछ। मुस्लिमहरूको सबैभन्दा ठुलो चाड ईद र रमजान मनाएको ७० दिनपछि बकर ईद आउने गर्छ। मुस्लिमहरूको अधिक बसोबास रहेको यहाँका इदगाहा, करबला, मदरसाहरूमा विशेष नवाज पाठ गरी घरघरमा खसीको कुर्बानी (बलि) दिएर मनाए।

सदरमुकाम कपिलवस्तु नगरपालिका–१ मस्जिद टोल स्थित ईदगाहा तथा छोटकी तौलिहवा, देवनगढीया, अभिराव, कृष्णनगर लगायत जिल्लाका विभिन्न स्थानमा रहेका मस्जीदमा उनीहरूले बिहान सामूहिक नवान पढेका थिए। उनीहरूले देशमा शान्ति अमनचयनको अल्लाहसँग दुवा मागी कामना गरेको बताए। बकर ईदमा खसीहरूको कुर्बानी दिइ आफन्त नातागोता तथा इष्टमित्रसँग खुसी साटेर मनाइने गरिन्छ।

यो पर्व तीन दिनसम्म मनाइन्छ। आफ्ना अनुयायी हजरत ईब्राहीम अलहीस सलामलाई अल्लहले सबैभन्दा प्रिय चिज कुर्बानी गर्न गरेको अल्लाहको आदेश अनुसार उनले आफ्नो छोरा ईस्माईल अलहीस सलामलाई कुर्बानी दिन खोजेका थिए। त्यसै बेला अल्लाहको आशीर्वादले छोराको ठाउँमा दुम्भ अर्थात भेडा जस्तो देखिने चौपाया कुर्बानीका लागि पठाएका थिए। यसैको स्मरणमा बकर ईद मनाइन्छ भने साउदी अरबस्थित हज अराफात भन्ने पर्वतमा गई हज यात्रीले कुर्बानी दिने चलन रही आउको मुस्लिम धर्म गुरु बताउँछन्।

साढे ५२ तोला चाँदी र साढे सात तोला सुन भएको मुस्लिम समुदायले अनिवार्य खसी वा राँगा कुर्बानी दिनुपर्ने प्रावधान छ। कुर्बानी दिइएको खसीमध्ये एक भाग गरिब गुरुवा, एक भाग आफन्त र नातगोता तथा एक भाग कुर्बानी दिनेले राख्ने चलन छ। बकर ईदकै अवसरमा साउदी अरबस्थित मक्का मदिनामा हज जाने गर्दछन्। मुस्लिमको पाँच स्तम्भमध्ये हजलाई पनि एक मानिएको छ।

जनप्रतिनिधि र दलका नेताहरू शुभकामन दिन पुगे ईदगाहा  

बकर ईदमा शुभकामना दिन बिहान दलका नेता तथा उम्मेदवारहरू ईदगाहामा पुगेका छन्। लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेय, पूर्व वडाध्यक्ष रामभजन कलवार तौलिहवास्थित बसपार्कको छेउमा रहेको ईदगाहा स्थलमा शुभकामना दिन पुगेका हुन्। उनीहरूले मुस्लिम समुदायलाई शुभकामना दिएका थिए।

सो मस्जिदमा १५ सय बढी मुस्लिम समुदायले सामूहिक नवाज पढेका थिए। सो अवसरमा मुस्लिम अगुवा उर्फ अहमद खाले नेताहरू ईदगाह स्थलमै शुभकामना दिन आएकोमा खुसी व्यक्त गर्दै मुस्लिमहरूको हक अधिकारका लागि साथ दिन आग्रह गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

तेज तोरी तेल तत्काल बजारबाट फिर्ता गर्न आदेश

तेज तोरी तेल तत्काल बजारबाट फिर्ता गर्न आदेश

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

कोशी प्रदेशमा दुर्घटनामा कमी

सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

अनियमित विद्युत् आपूर्तिले जगदिशपुरको डेरी उद्योग संकटमा

अनियमित विद्युत् आपूर्तिले जगदिशपुरको डेरी उद्योग संकटमा

भर्खरै प्रकाशित

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

तेज तोरी तेल तत्काल बजारबाट फिर्ता गर्न आदेश

तेज तोरी तेल तत्काल बजारबाट फिर्ता गर्न आदेश

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

कोशी प्रदेशमा दुर्घटनामा कमी

सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज