Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जोखिममा गोटिहवास्थित ऐतिहासिक अशोक स्तम्भ

Author Avatar साझा न्यूज 7th August 2026 , 6:59 PM
जोखिममा गोटिहवास्थित ऐतिहासिक अशोक स्तम्भ

तौलिहवा (कपिलवस्तु), साउन २२ गते। कपिलवस्तुको पुरातात्त्विक स्थल ककुच्छन्द बुद्धको जन्मस्थल गोटिहवास्थित अशोक स्तम्भ डुबानका कारण नष्ट हुने खतरा बढेको छ। स्तम्भ रहेको ठाउँमा जमेको पानी निकास हुने प्रबन्ध नहुँदा हरेक वर्ष वर्षात्को समयमा यस्तो समस्या दोहोरिने गरेको छ।

ककुच्छन्द बुद्धको जन्मस्थलको प्रमाणस्वरूप ऐतिहासिक महत्त्व बोकेको गोटिहवास्थित अशोक स्तम्भ हाल अलपत्र अवस्थामा छ। स्तम्भ यसरी अलपत्र पर्दै जाँदा यस क्षेत्रको पुरातात्त्विक महत्त्वसमेत सङ्कटमा पर्दै गएको छ।

कपिलवस्तुको गोटिहवा गाउँमा ककुच्छन्द बुद्धको जन्म भएको प्रमाणित आधार पनि यही अशोक स्तम्भ हो। यस क्षेत्रमा ईसापूर्व चौथो शताब्दीदेखि मानव बस्ती रहेको प्रमाण यसै क्षेत्रबाट उत्खनन गरिएका अवशेषहरूबाट पुष्टि भएको पुरातात्त्विकविद्हरू बताउँछन्।

उक्त अशोक स्तम्भ रहेको स्थानमा कम्तीमा पाँच फिट पानी जमेको र पानीले स्तम्भलाई नोक्सान पुर्‍याउने अवस्था हुँदासमेत सम्बन्धित निकायले चासो नदिएको स्थानीय रामराज दुबेले बताउनुभयो। स्तम्भको वरपर पिलर उठाएर टिनको छानो लगाइदिने हो भने पनि वर्षात्को पानीबाट स्तम्भलाई जोगाउन सकिने उहाँको भनाइ छ। दुबेले भन्नुभयो, “प्रत्येक वर्ष डुबानका कारण यस्ता पुरातात्त्विक सम्पदा नष्ट हुने खतरा उत्तिकै बढेको छ।”

लुम्बिनी विकास कोषका पूर्वकार्यकारिणी सदस्य राजेश ज्ञवालीले ककुच्छन्द बुद्धको जन्मस्थल प्रत्येक वर्ष वर्षात्को समयमा डुबानमा पर्दै आएको बताउनुभयो। यसको संरक्षणका लागि लुम्बिनी विकास कोष, पुरातत्त्व विभाग र कपिलवस्तु नगरपालिकाले सहकार्य गरी तत्काल पानीको निकास व्यवस्थापन गर्नुपर्ने उहाँको जोड छ।

कपिलवस्तु नगरपालिका वडा नं. ५ का वडाध्यक्ष दिपेशकुमार चौधरीका अनुसार वडाको बजेटले मात्रै संरक्षण सम्भव नरहेकाले लुम्बिनी विकास कोष र पुरातत्त्व विभागले नै यसको दिगो संरक्षण गर्नुपर्ने बताउनुभयो।

लुम्बिनी विकास कोष कपिलवस्तु सम्पर्क कार्यालयका प्रमुख माधवप्रसाद आचार्यले वर्षाका कारण गोटिहवामा पानी जम्ने परिस्थिति निर्माण भएको बताउनुभयो। अशोक स्तम्भलाई डुबानबाट जोगाउन कोषले तत्कालै आवश्यक जनशक्ति प्रयोग गरी पानी निकास गर्ने योजना बनाउनुका साथै यसै आर्थिक वर्षभित्र यसको संरक्षण गरिने उहाँले जानकारी दिनुभयो।

संरक्षणको अभावमा स्तम्भको अस्तित्व नै खतरामा पर्दै गएको छ। करिब ११ फिट लामो स्तम्भको माथिल्लो एक फिट भाग मात्र हाल बाहिर देखिएको छ। अति महत्त्वपूर्ण यो बुद्ध स्थलको संरक्षण हुन नसक्दा वर्षात्को समयमा बर्सेनि डुबानमा पर्दै आएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

युट्युबबाट सिकेको सीपले ड्र्यागन फ्रुट खेतीमा सफलता

युट्युबबाट सिकेको सीपले ड्र्यागन फ्रुट खेतीमा सफलता

विषालु सर्पले टोक्दा बालकको मृत्यु

विषालु सर्पले टोक्दा बालकको मृत्यु

भन्सार छली ल्याइएका ८ लाख बढी मूल्यका ८० खसीबोका सशस्त्र प्रहरीको नियन्त्रणमा

भन्सार छली ल्याइएका ८ लाख बढी मूल्यका ८० खसीबोका सशस्त्र प्रहरीको नियन्त्रणमा

कपिलवस्तुका २ वन राष्ट्रियस्तर मै पुरस्कृत हुदै

कपिलवस्तुका २ वन राष्ट्रियस्तर मै पुरस्कृत हुदै

नापी कार्यालयका दुई कर्मचारी एक लाख घुससहित पक्राउ

प्रमुख प्रशासकीय अधिकृत लगायत ६ कर्मचारीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सशस्त्र प्रहरीमा इन्स्पेक्टरदेखि भान्सेसम्म विभिन्न पदमा २ सय ८८ जनाको माग

३३ जना सशस्त्र प्रहरीका एसपीहरूको सरुवा (सूचीसहित)

भर्खरै प्रकाशित

जोखिममा गोटिहवास्थित ऐतिहासिक अशोक स्तम्भ

जोखिममा गोटिहवास्थित ऐतिहासिक अशोक स्तम्भ

युट्युबबाट सिकेको सीपले ड्र्यागन फ्रुट खेतीमा सफलता

युट्युबबाट सिकेको सीपले ड्र्यागन फ्रुट खेतीमा सफलता

विषालु सर्पले टोक्दा बालकको मृत्यु

विषालु सर्पले टोक्दा बालकको मृत्यु

भन्सार छली ल्याइएका ८ लाख बढी मूल्यका ८० खसीबोका सशस्त्र प्रहरीको नियन्त्रणमा

भन्सार छली ल्याइएका ८ लाख बढी मूल्यका ८० खसीबोका सशस्त्र प्रहरीको नियन्त्रणमा

कपिलवस्तुका २ वन राष्ट्रियस्तर मै पुरस्कृत हुदै

कपिलवस्तुका २ वन राष्ट्रियस्तर मै पुरस्कृत हुदै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज