Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अनुदानको मलमा पहुँचवालाको हालीमुहाली

Author Avatar साझा न्यूज 11th August 2026 , 4:40 PM
अनुदानको मलमा पहुँचवालाको हालीमुहाली

कृषि उत्पादनका लागि मलखाद अत्यन्तै महत्वपूर्ण सामग्री हो। सरकारले कृषकलाई सहज र सुलभ रूपमा मल उपलब्ध गराउने उद्देश्यले अनुदानको मल वितरण गर्दै आएको छ। तर अनुदानमा प्राप्त हुने मल वास्तविक कृषकसम्म समान र पारदर्शी ढंगले पुग्न नसक्दा कपिलबस्तुका कृषकहरू समस्यामा पर्न थालेका छन्।

विशेषगरी कपिलबस्तु नगरपालिका–६ मा रहेका केही सहकारी संस्थामार्फत वितरण हुने अनुदानको मलमा पहुँचवालाको हालीमुहाली बढेको गुनासो सुनिन थालेको छ। स्थानीय सरकारले सहकारीमार्फत मल वितरण गर्ने व्यवस्था गरे पनि वितरण प्रक्रियाको प्रभावकारी अनुगमन गर्न नसक्दा सीमित व्यक्तिले पटक–पटक मल पाउने र वास्तविक कृषकहरू भने मलबाट वञ्चित हुने अवस्था सिर्जना भएको देखिन्छ।

एउटै व्यक्तिले दुई–तीन पटकसम्म मल लगिसकेको अवस्थामा समेत पुनः मल पाउने गरेको गुनासो आउनु सामान्य विषय होइन। यसले अनुदानको मल वितरण प्रणालीमा कमजोरी मात्र होइन, त्यसको निगरानी र अभिलेख व्यवस्थापनमै प्रश्न उठाएको छ। वास्तविक कृषकको पहिचान नगरी पहुँचका आधारमा मल वितरण गरिन्छ भने सरकारले कृषकलाई दिएको अनुदानको उद्देश्य नै असफल हुन्छ।

मल वितरण गर्ने जिम्मेवारी पाएका सहकारी संस्थाहरू पनि यस विषयमा गम्भीर बन्न आवश्यक छ। सहकारीको उद्देश्य सीमित व्यक्तिलाई लाभ पुर्‍याउनु होइन, सदस्य तथा कृषकको हितमा काम गर्नु हो। मल वितरणमा पारदर्शिता अपनाउनु, लाभग्राहीको अभिलेख राख्नु र एउटै व्यक्तिले पटक–पटक सुविधा लिन नपाउने व्यवस्था गर्नु सहकारीको दायित्व हो।

त्यसैगरी स्थानीय सरकार यस विषयमा अझ बढी जिम्मेवार बन्नुपर्छ। अनुदानको मल सहकारीलाई जिम्मा लगाएर आफ्नो जिम्मेवारी पूरा भएको ठान्नु उचित हुँदैन। कुन सहकारीले कति मल पायो, कसलाई कति वितरण गरियो र वास्तविक कृषकले मल पाए कि पाएनन् भन्ने विषयमा नियमित अनुगमन हुनुपर्छ। आवश्यक परे वितरणको विवरण सार्वजनिक गर्ने व्यवस्था पनि गर्नुपर्छ।

अनुदानको मल कुनै व्यक्ति वा सहकारी सञ्चालकको निजी सम्पत्ति होइन। यो राज्यले कृषकको उत्पादन लागत घटाउन दिएको सुविधा हो। त्यसैले यसमा पहुँच, चिनजान वा राजनीतिक प्रभावका आधारमा हुने वितरण तत्काल रोक्नुपर्छ।

स्थानीय सरकार र सहकारी दुवैले पारदर्शी प्रणाली अपनाउने हो भने अनुदानको मल वास्तविक कृषकसम्म पुर्‍याउन कठिन छैन। कृषकको नागरिकता, किसान परिचयपत्र, खेतीयोग्य क्षेत्रफल वा आवश्यकताका आधारमा मल वितरण गर्ने र वितरणको डिजिटल वा लिखित अभिलेख राख्ने व्यवस्था गर्न सकिन्छ।

कृषकलाई खेतीका लागि आवश्यक मल नपाउने तर पहुँच भएका व्यक्तिले पटक–पटक मल पाउने अवस्था कायम रह्यो भने यसले कृषकमा निराशा मात्र बढाउँदैन, स्थानीय सरकारप्रतिको विश्वाससमेत कमजोर बनाउँछ।

त्यसैले कपिलबस्तु नगरपालिका र सम्बन्धित सहकारी संस्थाले तत्काल अनुदानको मल वितरण प्रक्रियाको समीक्षा गर्नुपर्छ। वास्तविक कृषकलाई प्राथमिकता दिँदै निष्पक्ष, पारदर्शी र जवाफदेही वितरण प्रणाली लागू गर्नुपर्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पुख्यौली गाउँ सपहीमा पूर्वराष्ट्रपति यादवको दसैँ

पुख्यौली गाउँ सपहीमा पूर्वराष्ट्रपति यादवको दसैँ

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

नवनिर्वाचित सभापति गगन थापाको आज दिउँसो २ बजे शपथ

नवनिर्वाचित सभापति गगन थापाको आज दिउँसो २ बजे शपथ

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

मतदाता नामावली अद्यावधिक: एक लाख ८७ हजार मतदाता थपिए

मतदाता नामावली अद्यावधिक: एक लाख ८७ हजार मतदाता थपिए

भर्खरै प्रकाशित

एनपीएलका खेलहरूलाई आइसीसीबाट ‘लिस्ट ए टी-२०’को मान्यता

एनपीएलका खेलहरूलाई आइसीसीबाट ‘लिस्ट ए टी-२०’को मान्यता

अस्पतालबाट डिस्चार्ज भए पूर्वप्रधानमन्त्री खनाल

अस्पतालबाट डिस्चार्ज भए पूर्वप्रधानमन्त्री खनाल

एयर पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिने युवक पक्राउ

एयर पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिने युवक पक्राउ

पुख्यौली गाउँ सपहीमा पूर्वराष्ट्रपति यादवको दसैँ

पुख्यौली गाउँ सपहीमा पूर्वराष्ट्रपति यादवको दसैँ

एनपीएलको तेस्रो संस्करणका सबै खेललाई आईसीसीको मान्यता

एनपीएलको तेस्रो संस्करणका सबै खेललाई आईसीसीको मान्यता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज