Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सीमा विवाद कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद विक्रमसिंह थापा

Author Avatar साझा न्यूज 11th August 2026 , 6:24 PM
सीमा विवाद कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद विक्रमसिंह थापा

काठमाडौँ, साउन २६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विक्रमसिंह थापाले मङ्गलबारको प्रतिनिधिसभा बैठकमा सुनसरी, सिराहा र कपिलवस्तुका दुःखद घटनाप्रति सदनको ध्यानाकर्षण गराउनुभएको छ।

बैठकको विशेष समयमा बोल्दै सांसद थापाले साम्प्रदायिक तथा जातीय द्वन्द्वले सामाजिक सद्भाव, राष्ट्रिय एकता र क्षेत्रीय अखण्डतामा पार्न सक्ने दीर्घकालीन प्रभावप्रति संवेदनशील हुन आग्रह गर्नुभयो। यस्ता घटनालाई राजनीतिक आरोप-प्रत्यारोपमा मात्र सीमित नगरी घटनाको गहन छानबिन मार्फत वास्तविक कारण, अफवाह, भीड परिचालन र सुरक्षा कमजोरीको पहिचान गर्नुपर्ने धारणा उहाँले राख्नुभयो।

विगतका घटनाबाट पाठ सिक्दै भविष्यमा हिंसा हुनुअघि नै जोखिम पहिचान र हस्तक्षेप गर्न प्रभावकारी पूर्वसूचना तथा रोकथाम प्रणाली विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। “सामाजिक सञ्जाल, दुष्प्रचार, एआई प्रविधि  र डीपफेक मार्फत केही घण्टामै हिंसा भड्किन सक्ने वर्तमान परिवेश छ,” सांसद थापाले भन्नुभयो, “यसलाई सम्बोधन गर्न कानुनी संयन्त्रसहित डिजिटल जोखिम नियन्त्रण, सुरक्षा संयन्त्रको आधुनिकीकरण तथा एकीकृत सुरक्षा प्रणाली निर्माण गर्न आवश्यक छ।”

उहाँले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सबै समुदायका धर्मगुरु तथा सरोकारवालाको सहभागिता रहने गरी सर्वपक्षीय संयन्त्र गठन गर्न र साम्प्रदायिक संवेदनशीलता एवं सम्भावित जोखिमको निरन्तर मूल्याङ्कन गर्ने व्यवस्था मिलाउन प्रस्ताव गर्नुभयो।

यसैगरी कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भूभाग भएको प्रमाण हामीसँग रहेको भनी प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति वीर पुर्खाको सम्मान, मातृभूमिप्रतिको अथाह प्रेम र क्षेत्रीय अखण्डताप्रतिको प्रतिबद्धता भएको टिप्पणी उहाँले गर्नुभयो। यस विषयलाई उत्तेजना वा द्वन्द्वको माध्यम नबनाई कूटनीतिक माध्यमबाटै समाधान गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो।

सामाजिक सद्भाव, राष्ट्रिय एकता र मातृभूमिको अखण्डता जोगाउनु सबैको साझा जिम्मेवारी भएको बताउँदै उहाँले सीमा तथा साम्प्रदायिक संवेदनशीलतामा राज्य थप गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अनुदानको मलमा पहुँचवालाको हालीमुहाली

अनुदानको मलमा पहुँचवालाको हालीमुहाली

कपिलबस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

कपिलबस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

बल्छी खेल्ने क्रममा दुदुरा घोलामा डुबेर बालकको मृत्यु

बल्छी खेल्ने क्रममा दुदुरा घोलामा डुबेर बालकको मृत्यु

पूर्वनगर प्रमुख सिंहको अवस्था अझै अज्ञात

पूर्वनगर प्रमुख सिंहको अवस्था अझै अज्ञात

खुनुवा नाकाबाट छ बोरा युरिया र दुई साइकलसहित नेपाली नागरिक पक्राउ

खुनुवा नाकाबाट छ बोरा युरिया र दुई साइकलसहित नेपाली नागरिक पक्राउ

भर्खरै प्रकाशित

सीमा विवाद कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद विक्रमसिंह थापा

सीमा विवाद कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद विक्रमसिंह थापा

अनुदानको मलमा पहुँचवालाको हालीमुहाली

अनुदानको मलमा पहुँचवालाको हालीमुहाली

कपिलबस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

कपिलबस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

बल्छी खेल्ने क्रममा दुदुरा घोलामा डुबेर बालकको मृत्यु

बल्छी खेल्ने क्रममा दुदुरा घोलामा डुबेर बालकको मृत्यु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज