कपिलवस्तु, ५ भदौ
कपिलवस्तुमा लागूऔषधसहित चारजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा मातहतका प्रहरी इकाइहरूबाट खटिएको विशेष टोलीले विभिन्न स्थानबाट लागूऔषध कारोबार तथा सेवनमा संलग्न चारजनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार कपिलवस्तु नगरपालिका–४ सिकोटुवाबाट ५३ वर्षीय तारा तेलीलाई १३० ग्राम गाँजा र एक थान मोबाइलसहित वडा प्रहरी कार्यालय तौलिहवाको टोलीले नियन्त्रणमा लिएको छ।
त्यसैगरी, इप्रका गणेशपुरबाट खटिएको प्रहरी टोलीले कृष्णनगर नगरपालिका–८ बाट ५०० मिलिग्राम ब्राउन सुगर, ६ हजार नगद रुपैयाँ र मोबाइलसहित तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शिवराज नगरपालिका–९ बस्ने २२ वर्षीय अर्जुन सुनार, वडा नं. १ बस्ने १९ वर्षीय गौतम सुनार र कृष्णनगर नगरपालिका–८ बस्ने १६ वर्षीय शैलेन्द्र सिंह यादव रहेका छन्।
पक्राउ परेका सबैलाई गत भदौ ३ गते नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरूमाथि सम्मानित कपिलवस्तु जिल्ला अदालतबाट कसूरको प्रकृति हेरी ५ देखि ७ दिनसम्मको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिएका छन्।
















































