Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

Author Avatar साझा न्यूज 24th August 2026 , 5:54 AM
सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलबस्तु, भदौ ८ गते । सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीको नवौं स्थापना दिवस समारोह सम्पन्न भएको छ । कपिलवस्तुको चन्द्रौटामा आइतबार आयोजित समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले संगठनले हासिल गरेको व्यावसायिक उपलब्धिलाई व्यक्तिगत स्वार्थभन्दा राष्ट्रहितमा प्रयोग गर्न निर्देशन दिनुभएको छ ।

समारोहका प्रमुख अतिथि महानिरीक्षक पौडेलले समयअनुकूल सुरक्षा रणनीति अवलम्बन गर्दै उच्चस्तरीय अनुशासन कायम गर्न निर्देशन दिनुभयो । नागरिकको सेवा, शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने कार्यमा सशस्त्र प्रहरी थप जिम्मेवार भएर लाग्नुपर्ने उहाँले बताउनुभयो ।

मानव अधिकारको सम्मान गर्दै आवश्यकताअनुसार मात्र बल प्रयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले सीमा सुरक्षा राष्ट्रको संवेदनशील विषय भएकाले सीमामा हुने गतिविधिको सूक्ष्म निगरानी गर्न निर्देशन दिनुभयो ।

पछिल्लो समय सीमा क्षेत्रमा हुने लागूऔषध ओसारपसार तथा नियन्त्रणका लागि विशेष ध्यान दिनुपर्ने बताउँदै महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी सीमा सुरक्षाको पहिलो पहरेदार भएकाले निष्पक्ष र जिम्मेवार ढंगले काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।

विपद् व्यवस्थापनको क्षेत्रमा पनि सशस्त्र प्रहरीले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ । विपद् व्यवस्थापन एक्लो प्रयासबाट सम्भव नहुने भएकाले सबै सरोकारवाला निकायसँग समन्वय र सक्रियताका साथ काम गर्न उहाँले निर्देशन दिनुभयो । वर्तमान सरकारको सुशासनको अवधारणालाई आत्मसात गर्दै संगठनको नीति तथा निर्देशनअनुसार अघि बढ्नसमेत उहाँले आग्रह गर्नुभयो ।

समारोहमा विभिन्न समयमा कर्तव्यपालनका क्रममा मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई सम्मान गरिएको थियो । साथै विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपक अधिकारीले बाहिनीको स्थापना तथा हालसम्म भएका गतिविधिबारे जानकारी गराउनुभएको थियो ।

वि.सं. २०७५ भदौ ७ गते स्थापना भएको नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय अन्तर्गत १२ जिल्ला रहेका छन् । बाहिनीअन्तर्गत आठ वटा गण, छ वटा गुल्म, एक वटा मद्दती सेवा गुल्म, नौ वटा सीमा सुरक्षा गुल्म, ५० वटा बीओपी, २७ वटा सुरक्षा बेस र पाँच वटा एफओबी गरी कुल १०६ वटा इकाइ रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

भारतको ८० औं स्वतन्त्रता दिवसको अवसरमा कपिलवस्तुमा सांगीतिक कार्यक्रम

भारतको ८० औं स्वतन्त्रता दिवसको अवसरमा कपिलवस्तुमा सांगीतिक कार्यक्रम

किरण सिंहको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न सर्वपक्षीय माग

किरण सिंहको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न सर्वपक्षीय माग

कपिलवस्तुमा लागूऔषधसहित चारजना पक्राउ, अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु

कपिलवस्तुमा लागूऔषधसहित चारजना पक्राउ, अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु

किरण सिंहको निधनप्रति कांग्रेसद्वारा शोकसभा

किरण सिंहको निधनप्रति कांग्रेसद्वारा शोकसभा

पोस्टमार्टम रिपोर्ट: पूर्व मेयर सिंहको निधन जंगलमा हराएकै दिन, शरीरमा चोटपटक देखिएन

पोस्टमार्टम रिपोर्ट: पूर्व मेयर सिंहको निधन जंगलमा हराएकै दिन, शरीरमा चोटपटक देखिएन

भर्खरै प्रकाशित

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

भारतको ८० औं स्वतन्त्रता दिवसको अवसरमा कपिलवस्तुमा सांगीतिक कार्यक्रम

भारतको ८० औं स्वतन्त्रता दिवसको अवसरमा कपिलवस्तुमा सांगीतिक कार्यक्रम

किरण सिंहको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न सर्वपक्षीय माग

किरण सिंहको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न सर्वपक्षीय माग

कपिलवस्तुमा लागूऔषधसहित चारजना पक्राउ, अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु

कपिलवस्तुमा लागूऔषधसहित चारजना पक्राउ, अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज