Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

Author Avatar साझा न्यूज 24th August 2026 , 5:21 PM
एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

दाङ । लुम्बिनी प्रदेशमा सञ्चालनमा रहेका एफएम रेडियो र केबल टेलिभिजनका सक्कल फाइल प्रदेश सरकारमा हस्तान्तरण भएको छ । नेपाल सरकारको सूचना तथा प्रसारण विभागले लुम्बिनी प्रदेश सरकारको मागअनुसार १०० वाटभन्दा माथि १ हजार वाटसम्मका एफएम रेडियो तथा केबलमा आधारित टेलिभिजन प्रसारण इजाजतपत्र प्राप्त संस्थाहरूका सक्कल फाइल प्रदेश सरकारलाई उपलब्ध गराएको हो ।
सूचना तथा प्रसारण विभागले भदौ ५ गतेको निर्णयअनुसार एफएम रेडियो ६५ वटा र केबल टेलिभिजन १८ वटाको सक्कल फाइल लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयमा पठाएको हो । ती फाइल मन्त्रालयमा भदौ ८ गते दर्ता भएको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयका सचिव भरतमणी पाण्डेले जानकारी दिनुभएको छ ।
नेपालको संविधानको अनुसूची–६ मा रेडियो, एफएम र टेलिभिजन सञ्चालन प्रदेशको अधिकार सूचीमा राखिएको छ । सोही संवैधानिक अधिकार तथा कार्यविस्तृतीकरण प्रतिवेदनका आधारमा लुम्बिनी प्रदेश सरकारले सञ्चार माध्यम ऐन, २०७९ र प्रदेश प्रसारण नियमावली, २०७६ कार्यान्वयनमा ल्याएको छ ।
प्रदेश सरकारको मागअनुसार संघीय सरकारअन्तर्गत रहेको सूचना तथा प्रसारण विभागले प्रदेशको कार्यक्षेत्रभित्र पर्ने सञ्चार माध्यमका फाइल हस्तान्तरण गरेको हो । यससँगै लुम्बिनी प्रदेशभित्र सञ्चालनमा रहेका सम्बन्धित एफएम रेडियो तथा केबल टेलिभिजनको इजाजत, नवीकरण, सञ्चालन, नियमन तथा अनुगमनसम्बन्धी काम प्रदेशबाटै गर्न बाटो खुलेको छ ।
फाइल प्रदेशमा आएपछि अब लुम्बिनी प्रदेशका एफएम रेडियो र केबल टेलिभिजन सञ्चालकले इजाजत नवीकरणलगायतका कामका लागि काठमाडौंस्थित सूचना तथा प्रसारण विभाग धाउनुपर्ने बाध्यता हट्ने भएको छ । प्रदेशको क्षेत्राधिकारभित्र पर्ने सञ्चार माध्यमसम्बन्धी सेवा अब प्रदेश सरकारबाटै उपलब्ध हुने भएको हो ।
यसअघि लुम्बिनी प्रदेश सरकारले प्रदेशको अधिकार सूचीअन्तर्गत रहेका सञ्चार माध्यमको दर्ता, इजाजत, अनुमति, नवीकरण, सञ्चालन तथा नियमनसम्बन्धी काम प्रदेशबाटै गर्ने उद्देश्यले सूचना तथा प्रसारण विभागसँग सक्कल फाइल माग गरेको थियो ।
प्रदेश सरकारले सञ्चार माध्यम ऐन, २०७९ र प्रदेश प्रसारण नियमावली, २०७६ को कार्यान्वयनलाई प्रभावकारी बनाउँदै प्रदेशभित्रका सञ्चार माध्यमको अभिलेख, अनुगमन र नियमनलाई व्यवस्थित गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

कपिलबस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

कपिलबस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

भारतको ८० औं स्वतन्त्रता दिवसको अवसरमा कपिलवस्तुमा सांगीतिक कार्यक्रम

भारतको ८० औं स्वतन्त्रता दिवसको अवसरमा कपिलवस्तुमा सांगीतिक कार्यक्रम

भर्खरै प्रकाशित

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

कपिलबस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

कपिलबस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज