Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कृष्णभीर पहिरोले चितवनको पर्यटन बढी प्रभावित

Author Avatar साझा न्यूज 5th September 2026 , 11:57 AM
कृष्णभीर पहिरोले चितवनको पर्यटन बढी प्रभावित

चितवन, भदौ २० गते । रसुवाको भोटेकोशीमा आएको बाढीबाट चितवनमा प्रत्यक्ष मानवीय तथा भौतिक क्षति नभए पनि त्यसको अप्रत्यक्ष प्रभाव भने जिल्लाको पर्यटन क्षेत्रमा परेको छ। तर, रसुवाको विपद्को तुलनामा धादिङको कृष्णभीरमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध हुँदा चितवनको पर्यटन व्यवसाय बढी प्रभावित भएको पर्यटन व्यवसायीहरूले बताएका छन्।

भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा सडकको तल्लो भाग कटान गरेपछि काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। बाढीले सडक भासिएपछि चितवनबाट काठमाडौँ तथा काठमाडौँबाट चितवनतर्फको नियमित स्थल यातायात प्रभावित भएको हो। कृष्णभीरमा भासिएको सडक पुनः सञ्चालनका लागि नयाँ ट्र्याक निर्माणको काम सुरु गरिएको छ। तर, कहिलेदेखि यातायात सञ्चालनमा आउँछ भन्ने यकिन छैन।

चितवनमा रसुवा बाढीको प्रत्यक्ष असर नदेखिए पनि काठमाडौँसँगको स्थल यातायात अवरुद्ध हुँदा त्यसको असर पर्यटन क्षेत्रमा परेको हो। विशेषगरी काठमाडौँ हुँदै स्थलमार्गबाट चितवन आउने विदेशी तथा आन्तरिक पर्यटकको आवागमन प्रभावित भएपछि सौराहा, भरतपुरलगायतका पर्यटकीय क्षेत्रका होटल तथा पर्यटन व्यवसायमा त्यसको प्रत्यक्ष प्रभाव देखिएको व्यवसायीहरू बताउँछन्।

क्षेत्रीय होटल सङ्घ सौराहा च्याप्टरका पूर्वअध्यक्ष सुमन घिमिरेले देश नै विपद् र शोकमा रहेका बेला पर्यटन क्षेत्र त्यसबाट अछुतो रहन नसक्ने भए पनि रसुवाको बाढीभन्दा कृष्णभीरको सडक अवरोधले चितवनको पर्यटनमा बढी असर गरेको बताउनुभयो।

“देश नै शोकमा बसेको बेला पर्यटन क्षेत्र सुरक्षित किन हुन्छ र? तर पनि रसुवामा आएको बाढीभन्दा धेरै कृष्णभीरको बाटो बन्द हुँदा पर्यटन क्षेत्र प्रभावित भएको छ,” उहाँले भन्नुभयो।

उहाँका अनुसार अधिकांश विदेशी पर्यटक हवाईमार्गबाट काठमाडौँ आएपछि स्थलमार्ग हुँदै चितवन आउने गरेका छन्। काठमाडौँ–मुग्लिन सडक नै अनिश्चित भएपछि उनीहरूको चितवन यात्रा प्रभावित भएको घिमिरेले बताउनुभयो।

“बाहिरबाट हवाईमार्फत पर्यटक काठमाडौँ आउनुहुन्छ। त्यसपछि स्थलमार्ग हुँदै चितवन आउने हो। कृष्णभीरको बाटो नै बन्द भएपछि चितवन आउने अवस्था रहेन,” घिमिरेले भन्नुभयो, “काठमाडौँ–भरतपुर हवाईमार्गबाट आउने पर्यटकको सङ्ख्या न्यून छ। स्थलमार्ग नै अनिश्चित भएपछि सौराहासहित जिल्लाकै पर्यटन सुस्ताएको छ।”

सौराहामा अहिले चिनियाँ पर्यटकको मुख्य सिजन भए पनि सडक अवरोधका कारण त्यसको लाभ पर्यटन व्यवसायले लिन नसकेको क्षेत्रीय होटल सङ्घ सौराहा च्याप्टरका महासचिव महेश खनालले बताउनुभयो।

उहाँका अनुसार भदौ महिनाका लागि सौराहाका होटलमा करिब ७० देखि ७५ प्रतिशतसम्म कोठा बुकिङ भएका थिए। रसुवामा विपद् आएपछि कृष्णभीरमा सडक अवरुद्ध हुँदा भने ती बुकिङ प्रभावित भएका छन्।

“भदौको समयलाई हेर्दा यहाँका होटलमा ७० देखि ७५ प्रतिशत कोठा बुक भएका थिए। तर, रसुवाको विपद्पछि कृष्णभीरमा राजमार्ग बन्द हुँदा अहिले न्यून मात्र पर्यटक आएका छन्,” खनालले भन्नुभयो, “अहिलेको अवस्था हेर्दा यति कम पर्यटक आएका छन् कि पर्यटक निकै न्यून छन् भन्दा हुन्छ।”

गत वर्षको जेनजी आन्दोलनपछि पर्यटक आगमन लगभग शून्यजस्तै भएको थियो। त्यसपछि विस्तारै पर्यटन व्यवसाय सामान्य अवस्थामा फर्किन लागेको अवस्थामा पुनः समस्या आएको छ। असार–साउनमा समेत पर्यटकको चहलपहल बढेपछि व्यवसायी उत्साहित बनेका थिए। तर, भदौ लागेसँगै विपद्पछिको सडक अवरोधले पर्यटन व्यवसायमा पुनः असर पारेको घिमिरेले बताउनुभयो।

“जेनजी आन्दोलनपछि सुस्ताएको पर्यटन क्षेत्र विस्तारै सामान्य अवस्थामा हुँदै गएको थियो। असार–साउनमा समेत पर्यटक भरिएका थिए,” घिमिरेले भन्नुभयो, “फेरि भदौमा आएर विपदमाथि अर्को विपद् आइपरेपछि अवस्था झन् बिग्रिन थालेको छ।”

पर्यटन क्षेत्रका विज्ञ डा. विश्व सुवेदीले पर्यटनका लागि गन्तव्य मात्र नभई यात्रा पनि सुरक्षित र सहज हुनुपर्ने बताउनुभयो।

“घरदेखि बाहिर घुम्न, रमाउन जाने भनेको खुसी र सुरक्षित हुनका लागि हो। तर, अहिले घरबाहिर यात्रा गर्न नै सजिलो छैन,” उहाँले भन्नुभयो, “रमाउने वातावरण र सुरक्षित यात्रा नभएपछि त्यसको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा परेको छ।

काठमाडौँ–मुग्लिन सडक अवरुद्ध भएपछि चितवनबाट रसुवाको बाढी प्रभावित क्षेत्र तथा काठमाडौँतर्फ अत्यावश्यक कामका लागि जानेहरू वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका छन्। गोरखा, धादिङ हुँदै तथा मकवानपुरतर्फका वैकल्पिक सडकबाट साना सवारीसाधन सञ्चालन भइरहे पनि ठुलो सङ्ख्यामा यात्रु बोक्ने बसमार्फत काठमाडौँबाट चितवन आउने अवस्था सहज बन्न सकेको छैन।

चितवनको पर्यटन मुख्यतः स्थलमार्गमा निर्भर रहेकाले काठमाडौँसँगको सडक सम्पर्कमा आउने अवरोधले पर्यटन व्यवसायमा तत्काल असर पार्ने गरेको व्यवसायीहरूको भनाइ छ। सडक पूर्ण रूपमा सुरक्षित र नियमित नहुँदासम्म पर्यटकको बुकिङ, आगमन र होटल व्यवसायमा सुधार आउन कठिन हुने उनीहरू बताउँछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

प्रेस युनियन कपिलवस्तुको अधिवेशन २७ गते

प्रेस युनियन कपिलवस्तुको अधिवेशन २७ गते

दुई हजार २५१ किशोरीलाई एचपिभी खोप लगाइँदै

दुई हजार २५१ किशोरीलाई एचपिभी खोप लगाइँदै

सप्तरीमा ८० बोरा गाँजा बरामद

सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा

उद्धार गरिएकी महिलाको मृत्यु

अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

बङ्गलादेशबाट १५ करोड २० लाख रुपियाँ सहयोग

बङ्गलादेशबाट १५ करोड २० लाख रुपियाँ सहयोग

दश दिनदेखि छोराको पर्खाइ, जीवित उद्धारको खबरले पलायो आशा

दश दिनदेखि छोराको पर्खाइ, जीवित उद्धारको खबरले पलायो आशा

भर्खरै प्रकाशित

प्रेस युनियन कपिलवस्तुको अधिवेशन २७ गते

प्रेस युनियन कपिलवस्तुको अधिवेशन २७ गते

कृष्णभीर पहिरोले चितवनको पर्यटन बढी प्रभावित

कृष्णभीर पहिरोले चितवनको पर्यटन बढी प्रभावित

दुई हजार २५१ किशोरीलाई एचपिभी खोप लगाइँदै

दुई हजार २५१ किशोरीलाई एचपिभी खोप लगाइँदै

सप्तरीमा ८० बोरा गाँजा बरामद

सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा

उद्धार गरिएकी महिलाको मृत्यु

अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज