Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन खेती

Author Avatar साझा न्यूज 6th September 2026 , 5:11 PM
सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन खेती

कपिलवस्तु । सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै शिवराज नगरपालिका–५ नौडिहवाका किसान रामप्रसाद बेलवासेले व्यावसायिक ड्रागन फ्रुट खेती सुरु गरेका छन् ।

करिब डेढ वर्षअघि चार कट्ठा जमिनमा सुरु गरिएको खेतीबाट उनले हालसम्म तीन पटक फल उत्पादन गरिसके । रुपन्देहीको रानीबगियाबाट ६२८ बिरुवा खरिद गरी १५७ पोलमा चार–चार वटा बिरुवा रोपेर खेती सुरु गरिएको बेलवासेले बताए ।

उनले प्रतिबिरुवा रु १६० का दरले खरिद गरेका हुन् । बिरुवा अझै पूर्ण रूपमा परिपक्व नभएकाले उत्पादन बढ्न केही समय लाग्ने उनको भनाइ छ । “अहिलेसम्म तीन पटक फल टिपेका छौँ । चौथो पटक फल टिप्ने तयारीमा छौँ । आगामी वर्षदेखि उत्पादन उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरेको छु,” उनले भने ।

ड्रागन फ्रुटको बजार राम्रो भएकाले बिक्रीका लागि समस्या नरहेको बेलवासेले बताए। उनका अनुसार अहिले प्रतिकिलोग्राम रु ४०० सम्ममा बिक्री भइरहेको छ । फल उत्पादन भएपछि ग्राहकहरू घरमै आएर खरिद गर्ने गरेको उनले बताए ।

युट्युबबाट खेतीसम्बन्धी जानकारी लिएर नयाँ बालीतर्फ आकर्षित भएको बताउँदै बेलवासेले सिँचाइको अभावलाई खेतीको मुख्य चुनौतीका रूपमा लिएका छन् । रोग तथा कीरा व्यवस्थापनका लागि थप प्राविधिक ज्ञान आवश्यक रहेको उनको भनाइ छ ।

चितवनको हावापानी ड्रागन फ्रुट खेतीका लागि बढी अनुकूल मानिए पनि कपिलवस्तुमा उचित व्यवस्थापन गर्न सके राम्रो उत्पादन लिन सकिने उनले बताए । जिल्लामा अत्यधिक गर्मी हुने भएकाले भने खेती व्यवस्थापनमा केही कठिनाइ हुने गरेको उनको अनुभव छ ।

कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख घनश्याम चौधरीले जिल्लामा ड्रागन फ्रुट खेतीको क्षेत्रफलसम्बन्धी यकिन अभिलेख नरहे पनि साना तथा छरिएर खेती सुरु हुन थालेको बताए । व्यावसायिक सम्भावना, राम्रो बजार र आकर्षक मूल्यका कारण किसानमा ड्रागन फ्रुट खेतीप्रति आकर्षण बढ्दै गएको उनले बताए ।

परम्परागत बालीसँगै नयाँ तथा बढी आम्दानी दिन सक्ने फलफूल खेतीतर्फ किसान आकर्षित हुन थालेसँगै कपिलवस्तुमा ड्रागन फ्रुट खेतीले पनि विस्तारको सम्भावना देखाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाल प्रहरीको सक्रियता

जसपाको कारबाहीले हल्लियो लुम्बिनी सत्ता

जसपाको कारबाहीले हल्लियो लुम्बिनी सत्ता

नारायणगढ-मुग्लिन सडक सोमबारदेखि आंशिक बन्द हुने, दिनमा पाँच पटक मात्र खुल्ने

नारायणगढ-मुग्लिन सडक सोमबारदेखि आंशिक बन्द हुने, दिनमा पाँच पटक मात्र खुल्ने

निःशुल्क आँखा शिविरबाट एक हजार एक सय ५० लाभान्वित

निःशुल्क आँखा शिविरबाट एक हजार एक सय ५० लाभान्वित

चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा

लुम्बिनी, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा वर्षा

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

भर्खरै प्रकाशित

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाल प्रहरीको सक्रियता

जसपाको कारबाहीले हल्लियो लुम्बिनी सत्ता

जसपाको कारबाहीले हल्लियो लुम्बिनी सत्ता

सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन खेती

सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन खेती

नारायणगढ-मुग्लिन सडक सोमबारदेखि आंशिक बन्द हुने, दिनमा पाँच पटक मात्र खुल्ने

नारायणगढ-मुग्लिन सडक सोमबारदेखि आंशिक बन्द हुने, दिनमा पाँच पटक मात्र खुल्ने

निःशुल्क आँखा शिविरबाट एक हजार एक सय ५० लाभान्वित

निःशुल्क आँखा शिविरबाट एक हजार एक सय ५० लाभान्वित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज