Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

Author Avatar साझा न्यूज 10th September 2026 , 4:24 PM
अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

काठमाण्डाै – सप्तरीको राजविराजमा रहेको गजेन्द्रनारायण सिंह अस्पताल अगाडि सडकपेटीमै एक महिलाले शिशुलाई जन्म दिएको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा फैलिएको छ ।

राजविराज नगरपालिका वडा नम्बर १४ पर्साहीकी ३० वर्षीया बबिताकुमारी पासवानले गएराति सडकपेटीमै बच्चा जन्माएको भिडियो भाइरल बनेको हो ।

परिवारका अनुसार उहाँलाई सुत्केरी व्यथा लागेपछि अस्पताल पुर्‍याइएको थियो । अस्पतालले रगत परीक्षणका लागि झन्डै ३ हजार २०० रुपैयाँ खर्च लाग्ने बतायो । तर साथमा २ हजार रुपैयाँ मात्र भएका उहाँका श्रीमान् सहयोगको याचना गर्दै अस्पताल बाहिर निस्कनुभयो ।

पैसाको जोहो हुन नसकेपछि र अस्पतालका कर्मचारीले समेत वास्ता नगरेपछि बबिताले झन्डै साढे २ घण्टाको व्यथापछि बिहान साढे ४ बजे सडकपेटीको नालामाथि नै बच्चा जन्माउन बाध्य हुनुभयो ।

शिशु जन्मिएपछि पुनः गाइनो वार्ड पुग्दासमेत अस्पतालका स्वास्थ्यकर्मी र सरसफाइ कर्मचारीले दुर्व्यवहार गर्दै बाहिर निकालेको पीडित परिवारको गुनासो छ । अस्पताल प्रशासनले भने बिरामी पक्ष कसैलाई नभनी आफैँ बाहिरिएको दाबी गरेको छ ।

भिडियो सामाजिक सञ्जालमा फैलिएपछि भने अस्पतालले आमा र शिशुलाई अस्पताल लगेर स्वास्थ्य परीक्षण गरेको छ ।

यसैबीच आर्थिक अभावका कारण महिला सडकमै सुत्केरी हुनुपरेको संवेदनशील घटना आज प्रतिनिधिसभा बैठकमा पनि उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र कर्णले संसद‍्मा घटनाबारे ध्यानाकर्षण गराउँदै सरकारसँग जवाफ माग गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

उद्याेगमन्त्री यादवकाे राजीनामा

उद्याेगमन्त्री यादवकाे राजीनामा

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज