काठमाडौं : पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएका खनाल उपचारपछि बुधबार दिउँसो घर फर्किएको उनको सचिवालयले जनाएको छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता समेत रहेका खनालको उपचारमा डा. रोशन राउत नेतृत्वको मेडिकल टोली खटेको थियो। खनालको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको सचिवायले जनाएको छ। केही दिन घरमै आराम गरेपछि उनी पुनः सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुुनेछन्।
सामान्य हृदयघात (माइनर अट्याक) पछि पूर्वप्रधानमन्त्री खनाल आइतबार अस्पतालमा भर्ना भएका थिए।
















































