Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेपाल टेलिकमको सेवा गुणस्तर सुधार्न सञ्चार मन्त्री डा. तिमिल्सिनाको निर्देशन

Author Avatar साझा न्यूज 21st November 2026 , 5:53 AM
नेपाल टेलिकमको सेवा गुणस्तर सुधार्न सञ्चार मन्त्री डा. तिमिल्सिनाको निर्देशन

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा गुणस्तरमा सुधार हुन नसकेको बारे मन्त्रालयमा गुनासो आउने गरेको उल्लेख गर्दै नेटवर्क समस्याको वास्तविक कारण पहिचान गरी समाधान गर्न निर्देशन दिएका छन् ।

उनले दुर्गम क्षेत्र मात्र नभई सहरी क्षेत्रमा समेत नेपाल टेलिकमको मोबाइल तथा इन्टरनेट सेवामा समस्या रहेको गुनासो आउने गरेको उल्लेख गर्दै सेवाको गुणस्तर कमजोर हुनुको कारण स्पष्ट रूपमा पहिचान गर्नुपर्ने बताएका हुन।

नेटवर्कमा समस्या किन भइरहेको छ, कुन टावरले कति क्षेत्रसम्म प्रभावकारी सेवा दिन सक्छ र सबै टावर पूर्ण क्षमतामा सञ्चालन भइरहेका छन् वा छैनन् भन्ने विषयमा तथ्यांकसहित जानकारी दिन उनले टेलिकमलाई निर्देशन दिए ।

टावरको क्षमता विस्तार र सेवा सुधारका लागि पर्याप्त लगानी गरिएको अवस्थामा पनि गुणस्तर कमजोर रहनु स्वीकार्य नहुने सञ्चार मन्त्री डा तिमिल्सिनाको भनाइ थियो । सेवा सुधारका लागि सरकारले आवश्यक सहयोग गर्न तयार रहेको तर सुधारका काम प्रभावकारी रूपमा अघि बढ्नुपर्ने उनले बताए ।

देशभर नेटवर्क विस्तार भइरहेको भए पनि विभिन्न स्थानमा सेवा अवरुद्ध हुने, फोन नलाग्ने र इन्टरनेट नचल्ने समस्या रहेको गुनासो आउने गरेको उनले उल्लेख गरे ।

नेपाल टेलिकमले देशभर करिब पाँच हजार टावरमार्फत सेवा प्रदान गरिरहेको जनाएको छ । सेवा गुणस्तर सुधार र पहुँच विस्तारका लागि चालु आर्थिक वर्षमा थप एक हजार टावर स्थापना गर्ने गरी खरिद प्रक्रिया अघि बढाइएको छ । त्यस्तै, गत वर्ष मात्रै टावरहरुमा दुई हजार आठ सयभन्दा बढी नयाँ ब्याट्री थप गरिएको र विद्युत् आपूर्ति अवरुद्ध हुँदा पनि टावर सञ्चालनमा राख्ने व्यवस्था गरिएको नेपाल टेलिकमले जनाएको छ । विद्युत् आपूर्ति बन्द हुँदा सहरी क्षेत्रमा टावरहरू चारदेखि पाँच घण्टासम्म र दुर्गम क्षेत्रमा आठदेखि १० घण्टासम्म सञ्चालन हुन सक्ने व्यवस्था मिलाइएको टेलिकमको दाबी छ ।

सञ्चार मन्त्री डा.तिमिल्सिनाले नेपाल टेलिकमले सबै क्षेत्रमा सेवा गुणस्तर राम्रो रहेको दाबी गरे पनि नेटवर्कमा समस्या रहेको गुनासो दिनहुँ मन्त्रालयसम्म आइरहेको बताए । सेवाको वास्तविक अवस्था लुकाउनुभन्दा समस्या स्वीकार गरेर सुधारका लागि के गर्नुपर्छ भन्ने स्पष्ट जानकारी दिनुपर्ने उनले जोड दिए ।

“सबैतिर गुणस्तर ठिक छ भनिएको छ, तर नेटवर्कमा समस्या छ भन्ने गुनासो मन्त्रालयमा आइरहेको छ । समस्या के हो, सुधारका लागि के गर्नुपर्छ, त्यो स्पष्ट भन्नुपर्छ ।,” उनले भने ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले सेवा गुणस्तर सुधारका लागि टेलिकम प्रतिबद्ध रहेको बताए ।

पुराना टावरमा सेवा सुधार गर्ने र नयाँ टावर थप्ने कामबाट नेटवर्कको पहुँच तथा गुणस्तर सुधार भइरहेको उहाँले जानकारी दिए । टेलिकमले टावरहरूको सेवा गुणस्तर परीक्षण नियमित रूपमा गरिरहेको र नेटवर्कसम्बन्धी समस्या समाधानमा काम भइरहेको उनको भनाइ थियो ।

नेटवर्क समस्या विद्युत् आपूर्ति अवरुद्ध हुँदा अझ बढी देखिने गरेको नेपाल टेलिकमले जनाएको छ । विद्युत् आपूर्ति प्रभावित हुँदा मोबाइल टावरमा समेत असर पर्ने भएकाले फोन तथा इन्टरनेट सेवा अवरुद्ध हुने गरेको टेलिकमको भनाइ छ ।

छलफलमा प्रमुख सञ्चालन अधिकृत प्रेम सिलवाल, मोबाइल सेवा निर्देशनालयका निर्देशक कृष्णप्रसाद भण्डारीलगायत सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

प्रहरी निरीक्षक दिपक कुँवर ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

प्रहरी निरीक्षक दिपक कुँवर ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हदैसम्म प्रयास गर्ने प्रतिबद्धता

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हदैसम्म प्रयास गर्ने प्रतिबद्धता

मधेशमा सरकार गठन अन्योलमा, समयसीमा थप्न तीन दलको आग्रह

मधेशमा सरकार गठन अन्योलमा, समयसीमा थप्न तीन दलको आग्रह

एनपीएलको उपाधिका लागि फेरि लुम्बिनी र सुदूरपश्चिम भिड्ने

एनपीएलको उपाधिका लागि फेरि लुम्बिनी र सुदूरपश्चिम भिड्ने

सुनको मूल्य घट्यो, आज तोलामा कति?

आज एकैदिन १२ हजार २ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

पाल्पाको सत्यवती मेला आजदेखि सुरु

पाल्पाको सत्यवती मेला आजदेखि सुरु

भर्खरै प्रकाशित

प्रहरी निरीक्षक दिपक कुँवर ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

प्रहरी निरीक्षक दिपक कुँवर ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हदैसम्म प्रयास गर्ने प्रतिबद्धता

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हदैसम्म प्रयास गर्ने प्रतिबद्धता

मधेशमा सरकार गठन अन्योलमा, समयसीमा थप्न तीन दलको आग्रह

मधेशमा सरकार गठन अन्योलमा, समयसीमा थप्न तीन दलको आग्रह

नेपाल टेलिकमको सेवा गुणस्तर सुधार्न सञ्चार मन्त्री डा. तिमिल्सिनाको निर्देशन

नेपाल टेलिकमको सेवा गुणस्तर सुधार्न सञ्चार मन्त्री डा. तिमिल्सिनाको निर्देशन

एनपीएलको उपाधिका लागि फेरि लुम्बिनी र सुदूरपश्चिम भिड्ने

एनपीएलको उपाधिका लागि फेरि लुम्बिनी र सुदूरपश्चिम भिड्ने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज