Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रदेश-२ मा सत्ता सहकार्य गर्न निधिसँग उपेन्द्र यादवको प्रस्ताव

Author Avatar Sajha News 4th June 2021 , 8:00 PM
प्रदेश-२ मा सत्ता सहकार्य गर्न निधिसँग उपेन्द्र यादवको प्रस्ताव

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रदेश-२ मा सत्ता सहकार्य गर्न नेपाली कांग्रेससँग प्रस्ताव गरेका छन् । शुक्रबार बिहान कांग्रेस उपसभापति विमलेन्द्र निधिलाई भेटेर यादवले सत्ता सहकार्यको प्रस्ताव गरेका हुन् ।

यादवसँग सत्ता सहकार्यबारे छलफल भएको निधिका प्रेस सहयोगी रामजी दाहालले पुष्टि गरे। ‘राष्ट्रिय राजनीतिमा पनि सहकार्य भइरहेकाले प्रदेश–२ को सरकारबारे के गर्ने भन्ने छलफल भएको हो’, दाहालले भने । सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन यादवतर्फका १२ सांसदले हस्ताक्षर गरेका छन् ।

प्रदेश–२ मा जसपाको यादव निकट लालबाबु राउत मुख्यमन्त्री छन् । तर अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेपछि जसपा विभाजन नजिक पुगेको छ । यसको असर प्रदेश–२ को सरकारमा पर्ने भएपछि यादवले कांग्रेसको समर्थन खोजेको हो ।

यादवको प्रस्तावलाई उपसभापति निधिले सकारात्मक रुपमा लिने र थप छलफल गर्न तयार रहेको बताएका छन् । स्रोतका अनुसार शुक्रबारको भेटमा निधिसँग यादवले प्रदेश–२ को सरकारमा तत्काल सहभागी हुन प्रस्ताव गरेका थिए ।

तर तीन वर्ष जसपाले नेतृत्व गरिसकेकाले बाँकी कार्यकाल कांग्रेसलाई दिन निधिले प्रस्ताव गरे । यादव जनकपुर जाने समय तय भएकाले छलफल निष्कर्षमा भने पुगेन । तर निधि र यादवबीच फेरि पनि थप छलफल हुने भएको छ ।

प्रदेश २ को प्रदेशसभामा कुल १०७ सांसद रहेकोमा नेकपा माओवादी केन्द्रले ४ जनालाई निष्कासन गरेको र पछि एक जना मनोनित गरेपछि अहिले सांसदको संख्या १०४ छ । सत्तारुढ जसपासँग ५५ सांसद छ, जसमा ३० तत्कालीन समाजवादी र २५ जना तत्कालीन राजपा पक्षका हुन् ।

यसैगरी नेकपा एमालेको कुल २१ सांसद छन् भने नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ८ र नेपाल संघीय समाजवादी पार्टीका एक जना सांसद छन् ।

प्रदेश २ मा सरकार निर्माणका लागि ५३ सांसद आवश्यक पर्छ । अनलाइखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

चार लाख भारतीय रकमसहित पक्राउ

सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

भर्खरै प्रकाशित

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज