Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एकले अर्कालाई ह्वीप उलंघनको आरोप, दुई पक्षबाटै कारवाहीको तयारी

Author Avatar साझा न्यूज 8th June 2021 , 8:10 PM
एकले अर्कालाई ह्वीप उलंघनको आरोप, दुई पक्षबाटै कारवाहीको तयारी

नेकपा (माओवादी केन्द्र)का नेता तथा सुदूरपश्चिम प्रदेशका मुख्यममन्त्री त्रिलोचन भट्टलाई मतदान गर्ने र नगर्नेहरुलाई नेकपा (एमाले) का दुईवटै पक्षले कारवाही  गर्ने तयारी थालेका छन् ।

नेता माधव नेपाल पक्षको बहुमत रहेको संसदीय दलले मुख्यमन्त्री भट्टलाई मंगलबारको मतदानमा विश्वासको मत दिने निर्णय गरेको थियो । सभामुख बाहेकका २४ मध्ये १७ जनाले मुख्यमन्त्री भट्ट र सात जनाले विपक्षमा मतदान गरेका थिए ।

सात जनाले ह्वीप उलंघन गरेको भन्दै सो दलका प्रमुख सचेतक दुर्गाकुमारी विकले कार्वाही गर्ने तयारी भएको बताउनुभयो । उहाँले भन्नुभयो, कानुनसम्मत ढंगले हामी अगाडि बढ्छौ ।

स्रोतका अनुसार ह्वीप उलंघन गर्ने पूर्वमन्त्री पठानसिंह बोहरा, रतन थापा, नेपालू चौधरी, लिलाधर भट्ट, ग्याल्वुसिंह बोहरा, बलदेव रेग्मी, र माया तामाङ बोहरालाई छ महिनाका लागि प्रदेश सभा सदस्यबाट निलम्बन गर्ने तयारी भएको छ ।

उता, नेकपा एमालेको संस्थापन पक्षले पनि १७ जना प्रदेश सभा सदस्यलाई कार्वाही गर्ने तयारी थालेको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माको अध्यक्षतामा अघिल्लो साता भएको स्थायी समितिको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

संस्थापन पक्षका प्रदेश सचिव राजेन्द्रसिंह रावलले सो निर्णय विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएकाले १७ जनालाई कावाही गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, सोमबार एमाले प्रदेश कमिटीकातर्फ प्रदेश सभा सदस्यहरुलाई पत्राचार गरेर मुख्यमन्त्री विरुद्ध मतदान गर्न भनिएको पनि थियो । तर पनि पार्टीको निर्देशन उलंघन भयो, अव पार्टी केन्द्रले कार्वाही गर्ने कि प्रदेशले गर्ने भन्ने बारेमा छलफल भइरहेको छ, रावलले बताउनुभयो ।

यद्यपी नेपाल पक्षले आफूहरुले संसदीय दलको विधान अनुसार मतदान गरेकोले कार्वाही हुन नसक्ने बताउदै आएको छ भने संस्थापन पक्षले पार्टी निर्णय नमान्नेलाई पार्टीको साधारण सदस्य र प्रदेश सभाबाटै हटाउन सकिने बताएको छ ।

मुख्यमन्त्रीको पक्षमा मतदान गर्नेहरुमा दलका नेता तथा, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह, भौतिक योजनामन्त्री दीर्घ सोडारी, आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, प्रमुख सचेतक दुर्गाकुमारी कामी, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, अर्चना गहतराज, मना साउद, पूर्वमन्त्रीहरु माया भट्ट र कृष्णराज सुवेदी हुनुहन्छ ।

यस्तै गरेर पूर्व प्रमुख सचेतक तारा लामा तामाङ, कुलवीर चौधरी, हर्क कुँवर, अमर साउद, सुशिला बुढाथोकी, बलबहादुर सोडारी र प्रकाश रावलले पनि मुख्यमन्त्रीका पक्षमा मतदान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पतञ्जलि भ्रष्टाचार प्रकरण मुद्दाको पेसी माघ १४ गते

पतञ्जलि भ्रष्टाचार प्रकरण मुद्दाको पेसी माघ १४ गते

कपिलवस्तुमा तीन पदका लागि ९८ जनाको उम्मेदवारी

कपिलबस्तुमा उम्मेदवारको विरोधमा उजुरी परेन

उपराष्ट्रपति यादवसँग भारतीय निमित्त राजदूत पाण्डेको शिष्टाचार भेट

उपराष्ट्रपति यादवसँग भारतीय निमित्त राजदूत पाण्डेको शिष्टाचार भेट

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन गठबन्धनमा छलफल भएको छैन: माधव नेपाल

माधव नेपालको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता

अलपत्र छ नेवार सङ्ग्रहालय

अलपत्र छ नेवार सङ्ग्रहालय

कपिलवस्तुमा तीन पदका लागि ९८ जनाको उम्मेदवारी

कपिलवस्तुमा तीन पदका लागि ९८ जनाको उम्मेदवारी

भर्खरै प्रकाशित

पतञ्जलि भ्रष्टाचार प्रकरण मुद्दाको पेसी माघ १४ गते

पतञ्जलि भ्रष्टाचार प्रकरण मुद्दाको पेसी माघ १४ गते

कपिलवस्तुमा तीन पदका लागि ९८ जनाको उम्मेदवारी

कपिलबस्तुमा उम्मेदवारको विरोधमा उजुरी परेन

उपराष्ट्रपति यादवसँग भारतीय निमित्त राजदूत पाण्डेको शिष्टाचार भेट

उपराष्ट्रपति यादवसँग भारतीय निमित्त राजदूत पाण्डेको शिष्टाचार भेट

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन गठबन्धनमा छलफल भएको छैन: माधव नेपाल

माधव नेपालको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता

अलपत्र छ नेवार सङ्ग्रहालय

अलपत्र छ नेवार सङ्ग्रहालय

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज