दाङमा आजदेखि लकडाउन खुकुलो भएपछि बजारमा चहलपहल बढेको छ । विहान ६ बजेदेखि १० बजेसम्म होटेल, रेष्टुरेन्ट, शैलुन, सिनेमाहलबाहेक अन्य पसल खुलेका छन् । बैंक अब दैनिक १० बजेदेखि २ बजेसम्म खुल्ने भएपछि आंशिक रुपमा लकडाउन खुलेको छ । सबै सरकारी कार्यालय खुलेका छन् । केहीले राजश्व संकलनकालागि लकडाउन खोलेको भनी सामाजिक सञ्जालमा आलोचना गर्ने गरेका छन् ।