Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जसपाका दुवै समूहको माग दाबी निर्वाचन आयोगद्वारा अस्वीकार

Author Avatar साझा न्यूज 13th June 2021 , 8:53 PM
जसपाका दुवै समूहको माग दाबी निर्वाचन आयोगद्वारा अस्वीकार

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का दुवै (महन्थ-उपेन्द्र) समूहले पदाधिकारी निष्काशन र सोको अद्यावधिक गर्ने विषयमा गरेको माग दावीलाई अस्वीकार गरेको छ । आयोगको आइतबारको बैठकले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम दुवै समूहको मागदाबीअनुसार दल अद्यावधिक गर्न नमिल्ने निर्णय सुनाएको हो ।

एउटै दलका एक अर्को अध्यक्षबाट पदाधिकारीलाई पार्टीका सदस्यसमेत नरहने गरी हटाएको वा निष्काशन गरेको कार्य पदाधिकारीको हेरफेरको विषयअन्तर्गत पर्ने नदेखिँदा दुवै पक्षको निवेदन माग अद्यावधिक गर्न कानूनतः मिल्ने नदेखिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एकअर्का समूहका पदाधिकारीलार्ई पार्टीका सदस्यसमेत नरहने निष्काशन गरी सोको अद्यावधिक गर्न आयोगमा निवेदन दिएका थिए । अध्यक्ष यादवको अध्यक्षतामा बसेको केन्द्रिय कार्यकारीणी समितिको जेठ १७ गते बैठकले पार्टी विधान, निर्णय र नीति विपरित कार्य गरेको जनाउँदै अध्यक्ष ठाकुर, सदस्यत्रय राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्णसमेत चार जनालाई पार्टी सदस्यसमेत नरहने गरी निष्काशन गरेको दलको दर्ता कितावबाट नाम हटाई अध्यावधि गरिदिन जेठ १८ गते आयोग समक्ष निवेदन दिएको थियो ।

अर्का अध्यक्ष ठाकुरको अध्यक्षतामा जेठ १८ गते बसेको बैठकले समितिमा रहनुभएका यादवले पार्टी विधान, नीति र निर्णय विरित कार्य गरेकाले निजलाई पार्टीको विधानअनुसार अनुशासनसम्वन्धी कारबाही गरी साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएकाले दर्ता किताबबाट यादवको नाम हटाएर अद्यावधि गर्न सोही दिन पत्र पठाएको थियो ।

आयोगले यसबीचमा आयोगले दुवै पक्षलाई केन्द्रिय समितिको निर्णयको प्रतिलिपी उपलब्ध गराउन माग गरेकामा दुवै पक्षले आयोगको माग अनुसारको विवरण बुझाएका थिए । आयोगको निर्णयमा भनिएको छ, “एकजना अध्यक्षबाट मात्र हस्ताक्षर भई आएको विषयलाई प्रमुख पदाधिारीबाट जानकारी गराएको विषय हो भनी भन्न सकिएन । राजनीतिक दलसम्वन्धी ऐन अनुसार विवरण अद्यावधिक गरिदिन भनि जानकारी गराएको विषयलाई कानून र दलको विधान सम्मत मान्न मिलेन ।”

आयोगको अर्को निर्णयमा भनिएको छ- ‘एउटै दलका दुई अध्यक्षले सो दलका पदाधिकारीलाई दलबाट निष्काशनको कारवाही अद्यावधिकका लागि अनुरोध भै आएको विषयलाई कानून सम्मत हो भनी मान्न मिलेन । एक अर्का अध्यक्षलाई पार्टीका साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको कार्य र दलका पदाधिकारी हेरफेर वा फेरवदलसँग सम्वन्धीत मात्र नभई एउटै दलका दुई अध्यक्षबीचको विवादको विषय बन्न जान्छ ।’ आयोगले अद्यावधिकका लागि गरिएको माग दावीसम्वन्धी भएको निर्णयको जानकारी दुवै अध्यक्षलाई दिने निर्णय पनि गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

नगर विकास समितिको अतिक्रमित जग्गामा ७५१ घरटहरा

नगर विकास समितिको अतिक्रमित जग्गामा ७५१ घरटहरा

डिभिजन निर्देशन अटेर, घुमाउने पुल १२ वर्ष अलपत्र

डिभिजन निर्देशन अटेर, घुमाउने पुल १२ वर्ष अलपत्र

दोहोरो सुविधा लिने पूर्व विशिष्टमाथि सरकारको निगरानी

दोहोरो सुविधा लिने पूर्व विशिष्टमाथि सरकारको निगरानी

सुठौली भन्सारमा ३६ प्रतिशत मात्र राजस्व असुली

नौ महिनामा साढे चार करोडको मालसामान बरामद

भर्खरै प्रकाशित

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज