भारतमा कोरोनाभाइरसका ६० हजार ४७१ जना सङ्क्रमित थपिएका छ्न । पछिल्लो चौबीस घण्टामा १७ लाख ५१ ह्जार ३५८ नमूनाको परीक्षण गरिएकोमा ६० हजार ४७१ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमित ७५ दिन यताकै सबैभन्दा कम हो । दैनिक सङ्क्रमण दर ३.४५ प्रतिशत हो । भारतमा हाल नौ लाख १३ हजार ३७८ जना सक्रिय सङ्क्रमित छन् । भारतमा हालसम्म दुई करोड ९५ लाख ७० हजार ८८ जना सङ्क्रमित भएका छन् ।
पछिल्लो चौबीस घण्टामा एक लाख १७ हजार ५२५ जना कोरोनामुक्त भएका छन् । हालसम्म दुई करोड ८२ लाख ८० हजार ४७२ जना कोरोनामुक्त भएका हुन् ।
चौबीस घण्टामा दुई हजार ७२६ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म तीन लाख ७७ हजार ३१ जना सङ्क्रमितले ज्यान गुमाएका छ्न । भारतमा हालसम्म २५ करोड ९० लाख ४४ हजार ७२ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।