Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो

Author Avatar साझा न्यूज 13th October 2026 , 4:39 PM
प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो

नयाँदिल्ली, असोज २७ गते । भारतको राजधानी नयाँदिल्लीमा चुनावी प्रदर्शनका क्रममा प्रहरीले धरपकड बढाएपछि युवा प्रदर्शनकारीहरूले निगरानीबाट बच्दै आन्दोलन जारी राख्न नयाँ रणनीति अपनाएका छन् । उनीहरूले मुखुन्डो लगाउने, प्रहरीका सवारी साधनको गतिविधि पत्ता लगाउने र पक्राउ परेकालाई सहयोग गर्न डिजिटल सञ्जाल परिचालन गर्ने गरेका छन् ।

जन्तर मन्तरस्थित मुख्य प्रदर्शनस्थलमा अवरोध गर्न दशौँ हजार सुरक्षाकर्मी परिचालन गरिएपछि प्रदर्शनकारी अन्य स्थानमा भेला हुन थालेका छन् । सप्ताहन्तमा हजारौँलाई पक्राउ गरिए पनि उनीहरूले प्रदर्शन जारी राखेका छन् । पक्राउ परेकामध्ये धेरैलाई पछि रिहा गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ दललाई फाइदा पुग्ने गरी मतदाता सूचीमा हेरफेर गरिएको आरोप लगाउँदै प्रदर्शनकारीहरूले निर्वाचन आयोगका प्रमुखको राजीनामा मागेका छन् ।

आयोगले भने उक्त आरोप अस्वीकार गरेको छ । ३६ वर्षीय सामग्री निर्माता मेघनाद एसले पक्राउ परेकालाई सहयोग गर्न करिब १७० स्वयंसेवकको सञ्जाल बनाउनुभएको छ । उहाँहरूको समूहले प्रहरीका सवारीसाधनको गतिविधि निगरानी गरी पक्राउ परेकाहरूलाई कहाँ लगिएको छ भन्ने जानकारी सङ्कलन गर्छ । त्यसपछि ह्वाट्सएप समूह र डिजिटल माध्यमबाट स्वयंसेवक चालक परिचालन गरी खाना, पानी, इन्धन तथा आवश्यक परे चिकित्सकीय सहायता उपलब्ध गराइन्छ ।

विद्यार्थी नेतृ नेहा बोहराजस्तै देखिने एक महिलालाई प्रहरीले पक्राउ गरेपछि उहाँ चर्चामा आउनुभएको छ । २९ वर्षीया बोहरा भने प्रहरीको घेराबाट उम्केर मध्य दिल्ली पुग्न सफल हुनुभएको थियो । पछि उहाँले आफ्नो जस्तै देखिने महिलासँगको तस्बिर सार्वजनिक गर्दै उक्त समानता संयोग मात्र भएको, रणनीति नभएको भन्दै व्यङ्ग्य गर्नुभएको थियो ।

केही प्रदर्शनकारी प्रहरीको नियन्त्रणमा परेपछि बसको चालक बस्ने ठाउँ वा पछाडिको झ्यालबाट उम्कने प्रयास गरेका थिए । पहिचान लुकाउन कतिपयले ब्याटम्यानका मुखुन्डोसमेत लगाएका छन् । बलिउड अभिनेत्री रिचा चढ्ढाले पनि प्रदर्शनकारीको सहमति बिना तस्बिर खिचिने गरेको उल्लेख गर्दै अनुहार पहिचान गर्ने क्यामेराबाट बच्न मेकअप प्रयोग गर्न सुझाव दिनुभएको थियो । प्रहरीको कडा निगरानी र धरपकडबिच भारतीय युवा प्रदर्शनकारीले सामाजिक सञ्जाल तथा डिजिटल प्रविधिको सहायताले आन्दोलनलाई निरन्तरता दिने प्रयास गरिरहेका छन् । रासस/एएफपी 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी

आर्थिक समुन्नतिको नेतृत्व गर्ने कांग्रेस बनाउने चौधरीको प्रतिबद्धता

परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट

परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट

भर्खरै प्रकाशित

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी

आर्थिक समुन्नतिको नेतृत्व गर्ने कांग्रेस बनाउने चौधरीको प्रतिबद्धता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज