कपिलवस्तु । नेपाल सद्भावना पार्टीले आगामी स्थानीय तहको निर्वाचन निर्दलीय प्रणालीबाट गराउनुपर्ने माग गरेको छ। पार्टीले निर्वाचन प्रणालीमा सुधार गर्दै स्थानीय निर्वाचनलाई निर्दलीय विधिबाट सम्पन्न गराउन सरकारसँग आग्रह गरेको हो।
पार्टीका अध्यक्ष केपी शर्मा (जोनसन) ले स्थानीय निर्वाचन निर्दलीय प्रणालीबाट गराउन आवश्यक कानुनी तथा विधिगत संशोधन गरी प्रस्ताव पारित गर्नुपर्ने बताएका छन्।
उनले मतदानको समय समाप्त भएपछि मतपेटिका सिलबन्दी गर्ने र मतगणना स्थलसम्म पुर्याउँदासम्म राजनीतिक दलका प्रतिनिधि, नेपाल प्रहरी तथा निर्वाचनमा खटिएका कर्मचारीको प्रत्यक्ष निगरानी र सुरक्षाको व्यवस्था मिलाउनुपर्ने धारणा राखेका छन्।
निर्वाचन प्रक्रियालाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन विगतमा भएका गल्ती तथा कमजोरी सुधार गर्दै अघि बढ्नुपर्ने पार्टीको सुझाव छ।
















































