साझा न्यूज । गुल्मी
लगातार तिनदेखी परेको अविरल वर्षाका कारण जिल्लाको इस्मा गाउँपालिका–५ स्थित मैदानमा राजेश परियारको घर भत्किदा एक महिला घाइते भएकी छिन् । बन्दै गरेको घर भत्किएर राजेशकी श्रीमती २९ वर्षीय जानकी परियार घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
यस्तै सोही गाउँपालिका–१ स्थित उजुङ्गका छत्र बहादुर पछाईको घर पहिरोले भत्किएको छ । घर माथी बाट पहिरो सहित खसेको ढुंगाले घरमा पुर्ण रुपमा क्षति पुगेको ईस्मा गाउँपालिकाले जनाएको छ । परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाले जनाएको छ ।
लगातारको वर्षाका कारण जिल्लाका दर्जनबढी सडक अवरुद्घ भएका छन् ।