साझा न्यूज । बुटवल
प्रदेशको पहाडी तथा तराई क्षेत्रबाट शहरी क्षेत्रतिर बसाई सर्नले पशुपालन कम हुने र खर बवियो जस्ता वन जन्य घाँस बढ्नले हिँउदको समयमा डढेलो विस्तारको मध्यम बनेका छन् । प्रदेशमा आयतित कागजको प्रयोग भइरहेको छ । त्यसैले कागजको लागि कच्चा पदार्थको रुपमा रहेको खर लगायतको बस्तुहरुको सदुपयोग हुने एवम् ग्रामिण क्षेत्रमा प्रत्यक्ष रोजगारी सिर्जना हरने र कागजको आयत प्रतिस्थापन गर्न आगामी आर्थिक बर्ष कागज कारखाना स्थापनाको लागि १ करोड विनियोजन गरिएको छ ।
लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७८÷८९ को वजेट प्रस्तुत गर्दै आर्थिक सरकारका प्रवक्ता समेत रहेका मामिला तथा योजना मन्त्री बैजनाध चौधरी सो कुरा बताएका हुन् ।