खानेपानी तथा सरसफाई संग सम्बन्धी योजना सम्पन्न गर्न पालिका संगको समन्वयनमा काम गरिने भएको छ । प्रदेश सरकारले अघि बढाएको एक घर एक धारा योजनालाई पुरा गर्नको लागि ५५० योजना मध्य २०० योजना आब भित्र पुरा गर्ने र अन्य निरन्तरता दिनको लागि १ अर्ब ६७ करोड बिनियोजन भएको छ ।
लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७८÷८९ को वजेट प्रस्तुत गर्दै आर्थिक सरकारका प्रवक्ता समेत रहेका मामिला तथा योजना मन्त्री बैजनाध चौधरी सो कुरा बताएका हुन् ।