दाङ। राप्ती नदिमा आएको बाढीले छेकिएका चार जना व्यक्तिको उद्दार कार्य सुरु भएको छ । लमही ७ हस्नापुर र राजपुर गाउँपालिकाको बेला घाटकक विच टापुमा फसेका ४ जना व्यक्तिलाई उद्दार गरिन थालेको हो । नेपाल सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्दार कार्यमा खटिएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
भैंसी चराउन अस्थायी टहरा बनाएर बिच टापुमा बस्दै आएका थिए। रातभरि पानी पर्दा बाढी आएपछी चार जना बिचल्लीम परेको जनाइएको छ।
जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख विश्वप्रकाश अर्यालले उद्दारको लागि रवर बोट सहित सुरक्षाकर्मी परिचालन भएको बताउनु भयो । राजपुर गाउँपालिका ३ जना र लमही नगरपालिकाका १ जना टापुमा फसेका हुन ।