प्युठान। खोलाले बगाएर प्युठानमा एक पुरुष बेपत्ता भएका छन।
जिल्लाको मल्लरानी गाउँपालिका – ३ धरम्पानी बर्वोटका अन्दाजी ४५ वर्षका हिराबहादुर नेपाली बेपत्ता भएको चुजाठाटी प्रहरी चौकिका इन्चार्ज रामबहादुर रानाले बताउनुभयो ।
रानाका अनुसार मंलबार सांझ नर्सरी देखि खोला तर्ने क्रममा स्थानीय छापेखोलाले बगाएर नेपाली बेपत्ता भएका हुन। उनी अहिलेसम्म फेला परेका छैन्न। प्रहरी र स्थानियले बेपत्ताको खोजीकार्य गरिरहेका छन।