Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मेलम्ची बाढी अपडेट: सातको मृत्यु, दुई शव फेला, अर्बौको नोक्सानी

Author Avatar साझा न्यूज 16th June 2021 , 11:35 AM
मेलम्ची बाढी अपडेट:  सातको मृत्यु, दुई शव फेला, अर्बौको नोक्सानी

चौतारा। लार्के खोलाबाट सुरु भएको बाढीले मेलम्ची नदी तटीय क्षेत्रमा अथाह क्षती भएको छ ।

बाढीले बगाउँदा सात जनाको मृत्यु भएको छ भने दुइको शव फेला परेको छ । बाढीबाट मेलम्ची बजारका अधिकांश घरमा क्षति पुगेको छ । मंगलबार साँझबाट सुरु भएको बाढीले मेलम्ची –हेलम्बु र मेलम्ची तिपेनी दुबै सडक सञ्जाल सम्पर्क विच्छेद भएको छ ।

मेलम्चीबाट माथिल्लो क्षेत्र जोडिने सबै झोलुङ्गे र पक्की पुलहरु बाढीले बगाएको छ । हेलम्बु र पाँचपोखरी गाउँपालिका सडक सञ्जालवाट अलग भएका छन् ।

निर्माणाधीन रेडियो मेलम्चीको भवन सहित मेलम्ची बसपार्क क्षेत्र हजारौँ रोपनी खेतीयोग्य जमिन बगाएको छ । बिसौँ किलोमिटर मेलम्ची–तीम्वु करिडोरका सबै संरचना र खेतीयोग्य जमिन मंगलबारको बाढीले बगाएको छ ।

नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीले उद्धारको काम गरिरहेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारि दिनुभयो । बाढीको कटानवाट सुरक्षित रहन घरको छतमा रहेका स्थानीयहरुको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार सुरु भएको छ ।

घाईतेहरुको उद्धारकालागि नेपाली सेनाको हेलिकप्टर बाढीग्रस्त क्षेत्रमा पठाईएको र आवश्यक उद्धार र पुनःस्थापना बारे छलफल सुरु भएको मेलम्ची क्षेत्रका सांसद तथा स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

सुरक्षित मानिएको पर्यटकीय क्षेत्रमा आएको बाढीले अकल्पनीय क्षति भएको स्थानीयले बताएका छन् । हेलम्बु गाउँपालिकाको तीम्वु वजार, चालिसे, चनौटे, ग्याल्थुम र मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची वारका सयौँ घर बाढीले बगाएको छ ।

प्रहरीले भने क्षतिको यकिन तथ्यांक आइनसकेको बताएको छ । पाँचपोखरी थाङपाल गाँउपालिका वडा नं.३ लार्केमा गएको पहिरो १ घण्टासम्म खोला थुनियर फुटदा आएको बाढिले निकै ठूलो क्षति पुर्याइएको र क्षतिको अनुमान मात्र गर्न सकिएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारि दिनुभयो । तीम्बु बजारमा रहेको तिम्बु प्रहरी चौकी सहित वजारका सबै घर बगाएको ईलामा प्रहरी कार्यालय तीम्वुले जनाएको छ ।

यस्तै बाढिले मेलम्चीमा निर्माणधिन अबस्थामा रहेको सिटि पार्क बगाएको छ भने मेलम्चीमा रहेको आमाहेल्मो बसपार्कमा रहेका टहराहरु बगाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलबस्तु महोत्सवमा भोली प्रिति पासवान आउदै

कपिलबस्तु महोत्सवमा भोली प्रिति पासवान आउदै

मातृ तथा बाल मृत्युदर न्यूनीकरण कार्यक्रम सञ्चालन मार्गदर्शन सम्बन्धी अभिमुखीकरण

मातृ तथा बाल मृत्युदर न्यूनीकरण कार्यक्रम सञ्चालन मार्गदर्शन सम्बन्धी अभिमुखीकरण

नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

८ हजार लालपुर्जाविहीन  बढीले पाए लालपुर्जा

८ हजार लालपुर्जाविहीन बढीले पाए लालपुर्जा

एघार फिट लामो राजगोमनको उद्धार

एघार फिट लामो राजगोमनको उद्धार

आर्थिक गणना सफल बनाउन सबैको सहभागिता आवश्यक

आर्थिक गणना सफल बनाउन सबैको सहभागिता आवश्यक

भर्खरै प्रकाशित

कपिलबस्तु महोत्सवमा भोली प्रिति पासवान आउदै

कपिलबस्तु महोत्सवमा भोली प्रिति पासवान आउदै

मातृ तथा बाल मृत्युदर न्यूनीकरण कार्यक्रम सञ्चालन मार्गदर्शन सम्बन्धी अभिमुखीकरण

मातृ तथा बाल मृत्युदर न्यूनीकरण कार्यक्रम सञ्चालन मार्गदर्शन सम्बन्धी अभिमुखीकरण

नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

८ हजार लालपुर्जाविहीन  बढीले पाए लालपुर्जा

८ हजार लालपुर्जाविहीन बढीले पाए लालपुर्जा

एघार फिट लामो राजगोमनको उद्धार

एघार फिट लामो राजगोमनको उद्धार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज