Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अझै तीन दिन देशका अधिकांश भागमा भारी वर्षा हुने

Author Avatar साझा न्यूज 16th June 2021 , 12:18 PM
अझै तीन दिन देशका अधिकांश भागमा भारी वर्षा हुने

काठमाडौँ- जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन देशका अधिकांश भागमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ ।

धेरै वर्षा हुने भएकाले महाशाखाले केही स्थानमा बाढी र पहिराको खतरा औँल्याएको छ । महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार मनसुनी वायु सक्रिय भएकाले अहिले देशभर पानी परिरहेको छ ।

यो वायुको प्रभावले आगामी शनिबारसम्म नै देशका अधिकांश भागमा भारी वर्षा हुने सम्भावना देखिएको छ । “मनसुनी वायुको प्रभावले अहिले देशका अधिकांश भागमा अहिले वर्षा भइरहेको छ”, बासीले भने, “यो वायुको प्रभावले आगामी शनिबारसम्मै देशका अधिकांश भेगमा भारी वर्षा हुने योग छ ।

त्यसपछि भने यो क्रममा ब्रेक लाग्नेछ ।” महाशाखाका अनुसार गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिनभर र राति कर्णाली, वाग्मती प्रदेशमा भारी र लुम्बिनी तथा गण्डकी प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने सम्भावना छ । त्यसैले महाशाखाले यी क्षेत्रमा बाढी पहिराको खतरा औँल्याएको छ ।

“कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको केही भूभागमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको हुनाले उक्त प्रदेशका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ”, महाशाखाको बुलेटिनमा उल्लेख छ ।

महाशाखाको नियमित बुलेटिनअनुसार, वर्षाको यो क्रमले बिहीबार र शुक्रबार पनि देशभरि निरन्तरता पाउनेछ । पछिल्लो २४ घण्टामा धेरै पानी पर्ने स्थानको पहिलो नम्बरमा पोखरा दरिएको छ ।

महाशाखाका अनुसार, यहाँ ११०.५ मिलिलिटर पानी परेको छ । पोखरापछि भैरहवामा सबैभन्दा धेरै ८२.२ मिलिलिटर पानी प-यो । महाशाखाका अनुसार काठमाडौँमा पछिल्लो २४ घण्टामा १२.४ मिलिलिटर मात्र पानी परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा कांग्रेसको जरा अभियान सुरु

कपिलवस्तुमा कांग्रेसको जरा अभियान सुरु

निर्माण सामग्रीको मूल्यवृद्धिले उद्योग संकटमा, आपतकाल घोषणा गर्न माग

निर्माण सामग्रीको मूल्यवृद्धिले उद्योग संकटमा, आपतकाल घोषणा गर्न माग

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

तौलिहवामा १० औं प्राचीन कपिलबस्तु महोत्सव मेला आज देखि शुरु

तौलिहवामा १० औं प्राचीन कपिलबस्तु महोत्सव मेला आज देखि शुरु

सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

१८ जना एकल वृद्धा आमा सम्मानित

१८ जना एकल वृद्धा आमा सम्मानित

भर्खरै प्रकाशित

कपिलवस्तुमा कांग्रेसको जरा अभियान सुरु

कपिलवस्तुमा कांग्रेसको जरा अभियान सुरु

निर्माण सामग्रीको मूल्यवृद्धिले उद्योग संकटमा, आपतकाल घोषणा गर्न माग

निर्माण सामग्रीको मूल्यवृद्धिले उद्योग संकटमा, आपतकाल घोषणा गर्न माग

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

तौलिहवामा १० औं प्राचीन कपिलबस्तु महोत्सव मेला आज देखि शुरु

तौलिहवामा १० औं प्राचीन कपिलबस्तु महोत्सव मेला आज देखि शुरु

सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज