Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राप्तीमा बाढीले खतराको विन्दु पार, साइरन बजाइयो, हाइ अर्लट जारी


राप्तीमा बाढीले खतराको विन्दु पार, साइरन बजाइयो, हाइ अर्लट जारी

नेपालगञ्ज। गत दुई दिनदेखि भएको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतहले सतर्कताको विन्दु पार गरेपछि बाँकेको तटीय क्षेत्रका दर्जनौ गाउँ डुबानको उच्च जोखिममा परेका छन् ।

कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा जलसतह खतराको विन्दु (पाँच मिटर) पार गरिसकेकोले नदी वरिपरिका दर्जनाँै गाउँ उच्च जोखिममा परेको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, दाङ, रोल्पा, प्यूठानमा लगातार पानी परेकाले नदीको सतह बढेको हो । बुधवार बिहानैबाट नदी क्रमिक रुपले बढ्दै गएको छ । नदीमा पानीको सतह खतराको तहमा पुग्न थालेकोले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

सुचना अधिकृत ज्ञवालीले पानीको सतह बढेपछि अगैयास्थित राप्ती नदीमा बाँधिएको सिक्टा सिँचाईको व्यारेजको सबै ढोका खोलिएको बताउनुभयो । राप्ती नदीको बाढी तल्लो तटिय क्षेत्रमा आईपुग्न करिव चार देखी ५ घण्टा समय लाग्ने अनुमान गरिन्छ ।

कुसुममा पानीको सतह पाँच मिटर पुग्ने बित्तिकै खतरा स्वरुप नदी छेउछाउमा साइरन बजाइन्छ । नदीको सतह ५ मिटर ४० सेन्टिमिटर पुग्ने वित्तिकै राप्ती नदी आसपासका दर्जनौं गाउँ डुब्ने गरेका छन् ।

भारतले अन्र्तराष्ट्रिय नियम विपरित लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध बनाएका कारण नदी प्राकृतिक रुपले बग्न नपाउँदा नेपाली भूभाग राप्ती नदीमा पानीको सतह बढ्दा राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका बासिन्दा विगत धेरै वर्षदेखि वर्सेनि डुबानमा पर्दै आएका छन् ।

उता, बर्दियाको सीमानामा रहेको मान खोलामा पनि पानीको सतह खतरा नजिक पुगेपछि सो क्षेत्रमा पनि उच्च सतर्कता अपनाईएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

राप्तीपारी हाई अलर्ट जारी नदीको सतह बढेर ५.२ मिटर पुगेपछि राप्तीपारीको उच्च जोखिममा रहेका क्षेत्रहरुमा हाई अलर्ट जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो ।

उहाँले जोखिमका क्षेत्रबाट स्थानीयलाई उच्च क्षेत्रमा जान आग्रह गरिएको र ती सबै ठाउँमा सुरक्षा निकायका तीनवटै निकायलाई तयारी अवस्थामा राखिएको बताउनुभयो । आवश्यक परेमा हेलिकोप्टर लगायतलाई पनि तयारी अवस्थामा राखिएको प्रजिअ गेलालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सभापति पाँचपल्ट प्रधानमन्त्री हुनुभयो, अब युवाहरू अघि बढ भन्नु पर्छ : महामन्त्री शर्मा

सभापति पाँचपल्ट प्रधानमन्त्री हुनुभयो, अब युवाहरू अघि बढ भन्नु पर्छ : महामन्त्री शर्मा

मेलम्ची पुगेर मन्त्री यादवले भने –काठमाडौंवासीलाई चाँडो पानी पुर्‍याउनुपर्छ

मेलम्ची पुगेर मन्त्री यादवले भने –काठमाडौंवासीलाई चाँडो पानी पुर्‍याउनुपर्छ

कम बोल्छु, काम बढी गर्छु : शेरबहादुर देउवा

कम बोल्छु, काम बढी गर्छु : शेरबहादुर देउवा

हिमाल बचाउन अन्तर्राष्ट्रिय समुदायसँग प्रधानमन्त्री दाहालको अपिल

हिमाल बचाउन अन्तर्राष्ट्रिय समुदायसँग प्रधानमन्त्री दाहालको अपिल

रुपन्देहीको महुवारीमा स्कुलबसको ठक्करबाट २ को मृत्यू १ जना घाईते

रुपन्देहीको महुवारीमा स्कुलबसको ठक्करबाट २ को मृत्यू १ जना घाईते

गरिब घरपरिवार पहिचान गर्दै बालेन, २ सय ३० जनालाई रोजगारीको अवसर (सूचना)

गरिब घरपरिवार पहिचान गर्दै बालेन, २ सय ३० जनालाई रोजगारीको अवसर (सूचना)

भर्खरै प्रकाशित

सभापति पाँचपल्ट प्रधानमन्त्री हुनुभयो, अब युवाहरू अघि बढ भन्नु पर्छ : महामन्त्री शर्मा

सभापति पाँचपल्ट प्रधानमन्त्री हुनुभयो, अब युवाहरू अघि बढ भन्नु पर्छ : महामन्त्री शर्मा

मेलम्ची पुगेर मन्त्री यादवले भने –काठमाडौंवासीलाई चाँडो पानी पुर्‍याउनुपर्छ

मेलम्ची पुगेर मन्त्री यादवले भने –काठमाडौंवासीलाई चाँडो पानी पुर्‍याउनुपर्छ

कम बोल्छु, काम बढी गर्छु : शेरबहादुर देउवा

कम बोल्छु, काम बढी गर्छु : शेरबहादुर देउवा

हिमाल बचाउन अन्तर्राष्ट्रिय समुदायसँग प्रधानमन्त्री दाहालको अपिल

हिमाल बचाउन अन्तर्राष्ट्रिय समुदायसँग प्रधानमन्त्री दाहालको अपिल

रुपन्देहीको महुवारीमा स्कुलबसको ठक्करबाट २ को मृत्यू १ जना घाईते

रुपन्देहीको महुवारीमा स्कुलबसको ठक्करबाट २ को मृत्यू १ जना घाईते

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज